×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्ड सरकारलाई दाँतमा ढुंगा लाग्ने समाचारः चिनियाँ राष्ट्रपति नेपाल नआउने !

GLOBAL IME BANK

प्रचण्ड सरकारलाई दाँतमा ढुंगा लाग्ने समाचारः चिनियाँ राष्ट्रपति नेपाल नआउने !

२२ भाद्र २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – अर्को महिना हुने भनिएको चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल यात्रा स्थगित भएको छ । त्यो आशको निर्णय हालै चिनियाँ राजदूत ऊ चुन्ताईले तीन दिन पहिले नेपालका उच्च नेतृत्वलाई अवगत गराएको स्रोतले उल्लेख गरेको छ ।
चीनले नेपालका तर्फबाट भ्रमणसम्बन्धमा आवश्यक तयारी नगरिएको र चीनसँग नजिकिँदै गएको नेपाल सम्बन्धप्रति नयाँ सरकारको प्रतिबद्धता नदेखिएको उसको बुझाइसमेत अवगत रगाएको छ । अब चिनियाँ राष्ट्रपति सी सन् २०१६ (२०७३ पुसमध्य( भित्र नेपाल आउने सम्भावना टरेको छ ।
‘चिनियाँ राष्ट्रपतिको भ्रमण स्थगित भएको अनौपचारिक जानकारी आएको छ’, एक उच्च सरकारी अधिकारीले भने । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट स्रोतले चिनियाँ राष्ट्रपतिको भ्रमण स्थगित भएको सम्बन्धमा अनौपचारिक जानकारी आएको पुष्टि गरेको छ ।
यद्यपि परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले चिनियाँ राष्ट्रपतिको भ्रमण स्थगित भएको सम्बन्धमा कुनै जानकारी नआएको प्रतिक्रिया दिए । ‘चिनियाँ राष्ट्रपतिको भ्रमण असोजमा हुन्छ भन्नेमा सरकार विश्वस्त छ’, उनले भने ।

डिसेम्बर दोश्रो साता राष्ट्रपति सीले नेपाल भ्रमण गर्ने गरी चिनियाँ पक्षले आन्तरिक गृहकार्य समेत गरेको भए पनि हालका लागि तयारी रोकिएको बेइजिङस्थित स्रोतले बतायो ।

  • अन्नपूर्ण पोस्ट

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: