×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्रीको भारत भ्रमण घुमफिरका लागि मात्रै होः उपेन्द्र यादव

GLOBAL IME BANK

प्रधानमन्त्रीको भारत भ्रमण घुमफिरका लागि मात्रै होः उपेन्द्र यादव

२८ भाद्र २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ – पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहालसँग निकै असन्तुष्ट रहेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री दाहालको भारत भ्रमणलाई एजेण्डा बिनाको यात्रा बताएका छन् ।
‘प्रधानमन्त्रीले औपचारिक विदेश भ्रमणलाई हल्काफुल्का रुपमा हेरेको जस्तो लागेको छ,’ पहिलो न्युजसँग कुराकानी गर्दै यादवले भने ‘प्रधानमन्त्रीले विदेश भ्रमण गर्ने भनेपछि त्यहाँ केही निश्चित एजेण्डा हुन्छन् । तर उहाँ कुनै पनि एजेण्डा लिएर भारत भ्रमणमा जान लागेजस्तो मलाई लागेको छैन ।’
पार्टी कामको सिलसिलामा तराई–मधेसका जिल्लामा रहेका यादवले भारत भ्रमणबारे प्रधानमन्त्री प्रचण्डले सामान्य छलफलसमेत नगरेको बताए । ‘प्रधानमन्त्रीले आज छलफल गर्ने भन्नुभएको छ,’ छलफलकै लागि राजधानी आउने तयारीमा रहेका यादवले बिना एजेण्डा प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणमा नजान सल्लाह दिए । फाष्टट्रयाक कसले बनाउने ? हुलाकी राजमार्ग के हो ? रेलमार्गका बारेमा के गर्ने ? भन्ने जस्ता धेरै एजेण्डा भए पनि प्रचण्ड बिना एजेण्डा भारत भ्रमणमा जान लागेको आरोप उनले लगाए ।
नेता यादवले भारतले नेपालमा विकास होस्, नेपाल सम्बृद्ध होस् भन्ने चाहे पनि बिना एजेण्डा र हल्काफुल्का ढंगले भारत भ्रमणको तयारीमा लागेको आरोप लगाएका हुन् । प्रचण्डको भारत भ्रमण घुमफिरका लागि जस्तो मात्र हुने पनि यादवले आरोप लगाए ।
  • पहिलो न्युज 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: