
काठमाडौं – प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको नाम भारतीय मिडियाहरुले प्रफुल्ल कमल दाहाल प्रचण्ड राखेका छन् ।
सायद भारत भ्रमण अघि प्रधानमन्त्री दाहाल प्रफुल्ल मुद्रामा देखिएकाले होला भारतीय दैनिक अमर उजालाको अनलाईन सँस्करणले नेपालका प्रधानमन्त्री प्रफुल्ल कमल दहल प्रचण्डले आफ्नो आसन्न भ्रमणमा भारतसंग कुनै पनि प्रकारको विवादित सम्झौतामा हस्ताक्षर नहुने तर पूर्ववर्ती प्रधानमन्त्रीको कार्यकाल भन्दा द्धिपक्षिय सम्बन्धमा आपसी विश्वास वढाउने छु भन्ने दाहालको कुरालाई जोड दिएको छ ।
अमर उजालाको अनलाइन सँस्करणले अगाडि भनेको छ “माओवादी नेता ४ अगस्तमा दोस्रो पटक नेपालको प्रधानमन्त्री वने । उनले चीन समर्थित के पी ओलीबाट देशको सत्ता सम्हालेका छन् ।”
अनलाईन अगाडि बढ्दै अध्यक्ष दाहालवारे लेख्छ “नेपाल इन्स्ट्च्यिुट अफ इन्टरनेशनल रिलेशनद्धारा आयोजित इण्डो–नेपाल सम्वन्धमा व्याख्या दिदै ६१ वर्षिय प्रचण्डले भने एक नेताले विशेष अधिकारको स्तरमा जोखिम उठाउनुपर्छ । म सबैसंग आग्रह गर्छु कि मलाई हुकुम नदिनुस र मलाई हाम्रो राष्ट्रहितका पक्षमा जोखिम लिन दिनुस ।”
- एसियन समाचार
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्