Skip to content
LAXMI SUNRISE BANK

प्रचण्डले आज गर्ने भए नयाँ प्रयोग

अर्थ सरोकार

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीले बिहान ११ बजेपछि बस्ने संसद बैठकमार्फत देशबासीलाई सम्बोधन गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीमा निर्वाचित भएको एक महिना पुगेको अवसरमा उनले देशबासीलाई सम्बोधन गर्न लागेका हुन् । प्रचण्ड गत १९ साउनमा संसदमा प्रधानमन्त्री चुनिएका थिए ।
यसअघि प्रधानमन्त्रीले राष्ट्रिय सञ्चार माध्यमार्फत सम्बोधन गर्ने गर्थे । तर, प्रचण्डले सम्बोधनका लागि संसद रोजेका हुन् ।
‘संसद चलिरहेको अवस्थामा टेलिभिजनबाट भन्दा संसदबाटै सम्बोधन गर्दा राम्रो हुने भएर प्रधानमन्त्रीले संसदबाटै सम्बोधन गर्न खोज्नुभएको हो’, प्रधानमन्त्रीको निजी सचिवालयका एक अधिकारीले भने ।
त्यस क्रममा प्रधानमन्त्रीले मुलुकको समसामयिक विषयमा आफ्ना धारणा र सरकारको कामबारबाहीबारे उल्लेख गर्ने उनले बताए ।

प्रचण्डले सरकार गठनको एक महिनामा भएका काम, आगामी योजना, संविधान संशोधनमार्फत असन्तुष्टि सम्बोधन, भारत भ्रमणका एजेण्डा लगायत विषय सम्बोधनका क्रममा समेट्ने छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK