Skip to content
LAXMI SUNRISE BANK

प्रचण्डको पक्षमा सर्वोच्चको फैसला

अर्थ सरोकार

काठमाडौँ – सर्वोच्च अदालतले राजदूत सिफारिसको निर्णय फिर्ता लिने गरी सरकारले चालेको कदमको पक्षमा निर्णय दिएको छ ।

सर्वोच्चको यो निर्णयसँगै नयाँ राजदूत सिफारिस प्रक्रिया अघि बढाउन सरकारलाई सहज भएको छ ।प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले अघिल्लो सरकारद्वारा सिफारिस राजदूतको स्थानमा अर्को सिफारिस नगर्न दिएको अल्पकालीन अन्तरिम आदेशलाई सर्वोच्चका न्यायाधीश गोपाल पराजुली र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासले खारेज गरिदिएको छ ।

सर्वोच्चले राजदूत सिफारिसको विषय राज्यको कार्यपालिकाको नीति र निर्देशनमा रही काम गर्नुपर्ने प्रकृतिको रहेको भन्दै यसअघि दिएको अन्तरिम आदेश खारेज गरेको हो ।

राजदूत सिफारिस फिर्ता लिने गरी सरकार संसदीय सुनुवाई विशेष समितिबाट भएको निर्णयले अन्याय एवं भेदभाव भएको भन्दै युवराज कार्की, खड्गबहादुर केसी, नारदनाथ भारद्वाज, निरञ्जन थापा, शिवमाया तुम्बाहाम्फे लगायतले सर्वोच्चमा रिट दायर गरेका थिए ।

  • अन्नपूर्ण पोस्ट
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK