×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निर्बाचित भएको ३५ दिनपछि प्रधानमन्त्रीले जनताका नाममा सम्बोधन गर्दै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

निर्बाचित भएको ३५ दिनपछि प्रधानमन्त्रीले जनताका नाममा सम्बोधन गर्दै

Artha Sarokar

२३ भाद्र २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ – निर्बाचित भएको ३५ दिनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज जनताको नाममा  सम्बोधन गर्दै छन्  । प्रधानमन्त्रीले आज बस्ने संसद बैठक मार्फत जनताको नाममा सम्बोधन गर्न लागेका हुन्। संसदको बैठक आज ११ बजे बस्दैछ। सम्बोधन अघि आज प्रधानमन्त्रीले सभामुख ओनसरी घर्तिसँग छलफल गरेका छन् ।  
सम्बोधनमा प्रधानमन्त्रीले सरकारका प्राथमिकताहरुबारे प्रष्ट पार्ने सचिवालयले बताएको छ  । उनले स्थानिय तहको निर्वाचन , आसन्न भारत भ्रमण र संविधान संशोधनका विषयमा समेत प्रचण्डले धारणा राख्ने छन्।  प्रचण्ड गत साउन १९ गते संसदबाट प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। त्यसपछि उनले सरकारको न्युनतम साझा कार्यक्रम पनि सार्वजनिक गरेका छैनन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी