×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारत भ्रमणको पूर्व सन्ध्यामा प्रचण्डको पार्टीमा अर्काे पहिरो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

भारत भ्रमणको पूर्व सन्ध्यामा प्रचण्डको पार्टीमा अर्काे पहिरो

Artha Sarokar

२६ भाद्र २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

माओवादी केन्द्रका पोलिटब्युरो सदस्य पुन्य गौतमलगायत दर्जनौं नेता कार्यकर्ता नेकपा मालेमा प्रवेश गरेपछि प्रचण्डको पार्टीमा फेरि अर्काे पहिरो गएको छ । शनिबार राजधानीमा गौतमसहित दर्जन बढी कार्यकर्ता सीपी मैनालीले नेतृत्व गरेको मालेमा प्रवेश गरेका हुन् ।

प्रचण्डले नेतृत्व गरेको माओवादी केन्द्र साम्राज्यवादी र विस्तारवादीहरूको अखडा केन्द्र बनेको भन्दै माओवादी केन्द्रका युवा नेता गौतमसहित दर्जनौं नेता कार्यकर्ता मालेमा प्रवेश हुन् ।

केही सययअघि प्रचण्ड नेतृत्वको माओवादीमा मणि थापाको नेतृत्वमा रहेको माओवादीबाट एकता गएका पुन्य गौतम जनयुद्धकालमा सहभागी भएका कार्यकर्ता हुन् ।

शान्तिप्रक्रियामा आइसकेपछि गौतमले मणि थापाको नेतृत्वमा रहेको माओवादीमा लामो समय रहेर काम गरेका थिए । ०५० सालदेखि राजनीतिमा लागेका गौतम एक अध्ययनशील  युवा नेताका रूपमा चिनिन्छन् ।

  • एस काठमाडौं 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी