×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रुसी राष्ट्रपतिको कार दुर्घटना, चालकको मृत्यु

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

रुसी राष्ट्रपतिको कार दुर्घटना, चालकको मृत्यु

२२ भाद्र २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


एजेन्सी – रुसी राष्ट्रपति भ्लादिमिर पुटिको कार दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा राष्ट्रपति पुटिनका चालकको मृत्यु भएको रुसी अधिकारीहरुले जनाएका छन् । राष्ट्रपति पुटिनको बीएमडब्ल्यू कार दुर्घटना भएको हो । मस्कोको व्यस्त सडकमा सो कार विपरीत दिशाबाट आइरहेको अर्को कारसँग ठोक्किएको हो । दुर्घटनाको समय राष्ट्रपति पुटिन भने सो कारमा नरहेको बताइएको छ ।
अधिकारीहरुका अनुसार पुटिनको निकै प्रिय चालकले उक्त कार गुडाएका थिए । उक्त कार रुसी परिषदको माथिल्लो सदनमा पञ्जीकृत भएको बताइएको छ । पुटिनको कारसँग ठोक्किएको मर्सिडिज कारका चालक भने गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ । उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
प्रहरीले दुर्घटनाबारे छानविन भइरहेको भन्दै थप विवरण सार्वजनिक गरेको छैन । दुर्घटनामा मृत्यु भएका चालकको परिचय खुलाइएको छैन । यद्यपी उनी चार दशकदेखि सरकारी चालकका रुपमा सेवामा रहेको जनाइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: