
काठमाडौं – भूकम्प पीडितका नाममा करोडौ रुपैँया ठगी गरेको अभियोगमा केन्द्रीय अनुसन्धान व्यूरो ( सिआइवी) ले दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्ने मध्यमा एक पूर्व वातावरण तथा जननसंख्यामन्त्री विश्वेन्द्र पासवानका व्यवसायिक पार्टनर सकुन शेरचनसमेत परेका छन ।
गत वैशाखमा गएको शक्तिशाली भुकम्प र लाखौ जनधनको क्षती भएपश्चात संस्था खडा गरी विदेशमा रहेका संघसंस्थाहरुसँग भुकम्प पीडितका नाममा रकम उठाई आर्थिक अनियमितता गरेको आरोपमा पूर्वमन्त्री पासवानका पार्टनर शेरचन सहित उक्त संस्थाका महासचिव अमरकान्त चौधरी आज अपरान्ह पक्राउ परेका हुन ।
पक्राउ पर्नेहरुमा सकुन शेरचन र अमरकान्त चौधरी छन । उनीहरुले वृद्धिष्ट जनाअधिकार मञ्च नामक गैह्रसरकारी संस्था खडा गरी तीन करोड सत्र लाख छ्यालिस हजार पाँच सय एक रुपैंया उठाएको थिए ।
अमेरिका स्थित गो फण्ड मि,मलेसियाको शाक्यमुनी फाउण्डेसन,दुवइको मेकानी नामक संस्थाहरुसँगको सहकार्यमा उठाइएको उक्त रकममध्य एक करोड सठ्सठ्ठी लाख अठहत्तर हजार पाँच सय रुपैंया रकम भुकम्प पीडितहरुलाई राहत वितवरण गरेको झूठो विवरण पेश गरी रकम हिनामिना गरेको आरोपमा केन्द्रीय अनुसन्धान व्युरोले पक्राउ गरेको व्युरोका प्हरी उपरीक्षक दिवेश लोहनीले जनाएका छन ।
स्मरणीय छ ,यस अगाडि उनै शेरचन माथि रामेछापको गुप्तेश्वर गाविस ६ का कृष्णबहादुर तामाङलाई सांसद विश्वेन्द्र पासवानसँग मिलेर अपहरण गरेको आरोपमा प्रहरीले पक्राउ परी धरौटी रकम तिरेर छुटेका हुन ।
- एस काठमाडौँ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्