
काठमाडौं – ‘तपाईले मागेजति मन्त्री दिएँ, केही साथीहरु रिसाएर मसँग बोल्न छोड्नु भएको छ, अब फेरी तपाईले पदाधिकारी मनोनितमा आँखा लगाउनु भयो भने मैले सभापतिबाट राजीनामा दिए भइहाल्यो नी’, मंगलबार साँझ पदाधिकारीमा भाग खोज्दै निवासमा पुगेका बरिष्ठ नेता रामचन्द्र पौडेल समुहका नेताहरुलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने ‘एक जना पनि मनोनित पदाधिकारी तपाईहरुलाई दिन सक्दिँन, एक जनामात्र दिएपछि पनि म अल्पमतमा पर्छु ।’
मंगलबार साँझ नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, कोषाध्यक्ष तथा मन्त्री सीतादेवी यादव, नेता मिनेन्द्र रिजालसहितको टोली सभापति निवास बुढानीलकण्ठ पुगेको थियो । पौडेल समुहले मनोनित पदाधिकारीमा ४० प्रतिसत भाग खोजेको थियो । वरिष्ठ नेता, उपसभापति, महामन्त्री र दुई सहमहामन्त्री गरी पाँच पदमा मनोनित गर्न बाँकि छ । पाँच मध्ये दुई पद आफ्नो पक्षलाई दिन पौडेल समुहले देउवासँग माग गरेको थियो ।
पौडेलपक्षका माग सुनेपछि देउवाले बरिष्ठ नेता बाहेक अन्य पद दिन नसकिने बताए । ‘निर्वाचित महामन्त्री र कोषाध्यक्ष तपाईहरु नै हुनुहुन्छ, वरिष्ठमा रामचन्द्रजीलाई ल्याउनु नै परयो, थप मनोनित पनि तपाईहरुलाई दिँदा म सभापति बस्नुको के औचित्य ?’ देउवाले जवाफमा भने । पौडेल पक्षले मागेको ४० प्रतिसत मनोनितमा भाग दिँदा सभापति देउवा पदाधिकारीमा अल्पमतमा पर्ने देखिन्छन् ।
पदाधिकारीमा अल्पमतमा पार्न नै पौडेल पक्षले ४० प्रतिसतको माग गरिरहेको छ । पदाधिकारीमा सभापति, वरिष्ठ नेता, उपसभापति, दुई महामन्त्री र दुई सहमहामन्त्री हुने ब्यवस्था छ । सात जना पदाधिकारीमा तीन जना पौडेल पक्षमा अहिले नै छन् । थप एक पदाधिकारी मनोनित भए पौडेल पक्ष बहुमतमा हुनेछ । त्यही बहुमत जुटाउन र सभापति देउवालाई दवाव दिन पौडेल पक्ष क्रियासिल बनेको छ ।
उता देउवा भने हाल महामन्त्री र दुई सहमहामन्त्री मात्र मनोनित गर्ने पक्षमा पुगेका छन् । उपसभापति बनाउन चाहेका विमलेन्द्र निधि सरकारमा गएपछि उनी नफर्किदासम्म उपसभापति पद रिक्त राख्ने तयारी देउवाले गरेका छन् । आफु प्रधानमन्त्री बनेर गएपछि उपसभापति निधिलाई बनाउने उनको तयारी रहेको छ । देउवाले आफ्नै साढु भाई नाता पर्ने ज्ञानेन्द्रबहादुर कार्कीलाई महामन्त्री बनाउने तयारी गरेका छन् ।
देउवाको तयारी देखेर प्रभावशाली नेता खुमबहादुर खड्का भने आक्रोसित बनेका छन् । महाधिबेशनमा आफुसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै उनले देउवासँग सम्बन्ध बिच्छेद गर्ने तयारी गरेका छन् ।
- एस काठमाडौँ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्