
काठमाडौँ – केहि वर्ष पहिलेका नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधव कुमार नेपाल मन्त्री परिषदमा दलितको सहभागितालाई लिएर दिएको अभिव्यक्तिले दलित समुदायलाई निराश बनायो । एक वर्ष अगाडि क. सुरेन्द्र पाण्डेले रामचन्द्र पौडेल र गोल्छे सार्की विच तुलना गर्न उचित हुन्छ त भन्ने भनाई राख्दा विवादित भए भने अस्ति मात्रै एमालेका स्थायी कमिटिका सदस्य शंकर पोखरेल ज्यूको ट्विटले सामाजिक सञ्जाल देखि विभिन्न क्षेत्रमा व्यापक विरोध भएको छ । विभिन्न समयमा एमालेका दिग्गज नेताहरुबाट यसरी जाति तथा समुदायलाई चिडाउने विवादित भनाई तथा अभिव्यक्तिले ति जात तथा समुदायमा नेकपा एमाले को नजिर राम्रो रहँला त ? धेरैले आशा गरेका र भरोसा गरेका बौद्धिक नेताबाट यसरी जात र समुदायलाई हेपिने खालका भनाई आउनु अझै पनि हाम्रो मानसिकता उही पुरानो जातिय अंहङकारबाट टाढा रहिनछ भन्ने कुरा स्पष्ट थाहा हुन्छ ।
म एउटा एमालेको कार्यकता हुँ सामाजिक सञ्जालमा म शंकर पोखरेलसँग सहमत छु भन्दै स्टाटस र ट्विट मा लेख्ने मेरा धेरै साथिहरु हुनुहुन्छु तर म प्रश्न गर्न चाहान्छु हामी नेताको भक्त राजनिती गरिरहेका छौ वा समाज परिर्वतनको ? राजनिती व्यक्ति केन्द्रित भैरहँदा आज विचार र नैतिकताविहिन राजनितिले स्थान पाहिरहेको छ । उठाउने पर्ने मुद्दा ओझेल परेको छ तीन जना महिला प्रमुख स्थानमा छ भन्दैमा सबै महिलाहरुको समस्या समाधान भयो भनेर विजय जुलुस मनाइ हाल्ने अवस्था छैन । एक दुई जना मधेसका राष्ट्रपति र मन्त्री भए भन्दैमा मधेसको सबै समस्या हल भयो भन्न मिल्दैन हो दलितका केहि मन्त्री भए भन्दैमा दलितको समस्या नै छैन भनेर भन्न मिल्छ र? हामीले समाजवाद उन्मुख सविधानलाई कार्यन्वयन गरिरहदा दुरदराजका समस्यलाई खोतल्ने र हेर्ने प्रयास गर्ने हो की ? सामाजिक सञ्जालमा मेरा धेरै मित्रहरुले लेख्नु भएको छ ट्विटको आशय नबुझनेलाई “कुण्ड कुण्ड पानी मुण्ड मुण्ड बुद्धि” मलाई लाग्छ मेरा मित्र तपाइले बुझेको आशय बुझाइदिनुस् । क्षेत्रीयता र जातीयताको आधारमा यसरी विभेद हुँदा चेतनशिल र २१ औं शताब्दीका युवाहरु बोल्नु पर्ने होइन र ? सामाजिक मुद्दा हाम्रो बन्नु पर्ने होइन र ? के लोकतान्त्रिक गणतन्त्र आउनु मात्र समाज परिर्वतन हो र?
हामी माक्र्सवादीहरु संसार बदल्न भनेर हिडेका यो सानो सामाज त के हो र ? तर संसार बदल्ने सुरमा हामीले आफुलाई कति बदल्यौं हामीले हामी भित्र रहेको सकिंर्ण सोचलाई कति परिवर्तन ग¥यौँ । हामी मार्क्सवादीहरुले संसारका मजदुरहरुलाई एक बनाइ रहदा नेपालका जाति जनजातिहरुलाई एक बनाउन सक्यौ सकेनौं? प्रश्नहरु धेरै आउन सक्छन तर जवाफ त्यँहिबाट पाइन्छ । जँहा पिडितहरु छन त्यहि मधेसी,त्यहि दलित, त्यहि जनजातिले नै जवाफ फर्काउछन । के हामी कम्युनिष्ट र माक्र्सवादी भयौ भन्ने कुरा । हामीले गरेका संर्घष,आन्दोलनहरु ती सोषित पिडित जनताका लागि थियो वा थिएन हो अहिले सत्तामा आहिरहदा देखिएको छ बुझिएको छ । माक्र्सवादको ज्ञाता मान्छेबाट जातियता, क्षेत्रियता र रङ्गभेद सम्बन्धी तुच्छ खालका भनाइ आउनु के हामीले छातीमा हात राखेर भन्न सक्छौ म माक्र्सवादी र कम्युनिष्ट हुँ भनेर?
मलाइ मन थियो आइ एम विथ शंकर पोखरेल भनेर तर जव मैले सोचे म दलित समुदायको मान्छे । आज नेतालाई केहि मधेसी नेताको आक्रोशका सिङ्गो कालो वर्ण अथवा सिङ्गो मधेसी समुदायलाई लक्षित गरि जान सक्ने अभिव्यक्ति भोलि दलित समुदायलाई नजाला भन्न सकिएला? हो हामी परिर्वतनको राजनिति गर्छौ, समृद्ध राष्ट्र बनाउने सपनाको राजतिति गर्छौ भने साच्चै त्यो परिवर्तनको पहिलो गर्व दलित जनजाति र मधेसीले ल्याउने हुनुपर्छ साच्चै समता मुलक समाज निमार्ण गरिरहदा समृद्ध नेपाल बनाइ रहदा पहिलो दलित जनजाति र मधेसीको समृद्धि हुन जरुरी छ । अन्ततः जसरी क. शंकर पोखरेल ज्युले “मधेसी जनता अधिकांस कालो वर्णका छन् । मधेसी मोर्चा असोज ३ लाई कालो दिवस भनेर त्यहाँका जनताको सम्मान गर्न खोज्या की अपमान ? बुझ्न गाह्रो भो ।” भन्दै कालो वर्णमाथि विभेद गर्नुभयो । जसरी कालो वर्णलाई विभेद ल्याउने खालको भनाई आयो । यो नितान्त गलत हो यो भनाइ शंकर पोखरेलको सो विवेक हो तसर्थ यसलाई पार्टीसँग जोडेर पार्टीलाई नै बदनाम जुन मास एमाले भित्रै देखिएको छ यो गलत राजनितिक संस्कारको विकास हुँदै गएको छ । हामी कहाँ छौ भन्ने कुरा यस्ता अभिव्यक्तिले छर्लङ पारेको छ । क. शंकर पोखरेल कमरेडको अभिव्यक्ति मात्र होइन पार्टी नै बदनाम हुँदै गएको छ आगामी दिनमा यस्ता अभिव्यक्ति कुनै पनि नेता कार्याकर्ता बाट नआओस् । यो निन्दनीय छ । एउटा निश्चीत जाती समुदायमाथि विभेदपूर्ण अभिव्यक्ती दिने राजनेता वा नेतामाथि नेकपा एमालेले के कारबाही गर्ला समयको गर्भमै छ । तर, जातिय सद्भाव भड्काउने, एउटा निश्चित जातीमाथि अपमान गर्ने व्यक्ति एमालेको कार्यकर्ता हुँनसक्दैन । किन भने हामी एमालेहरु कम्युनिस्ट हौं । कम्युनिस्ट भनेको अन्तर्राष्ट्रिय जाति हो ।
लेखक अनेरास्ववियु उत्पीडित राष्ट्रिय कमिटि सह–सचिव हुन् ।
- दियो पोष्ट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्