
काठमाडौ – आशन्न प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमाको समयमा कुन कुन विषयमा सुरक्षा सर्तकता अपनाउनु पर्छ भन्ने विषयमा राष्ट्रिय अनुसन्धान विभागले कुनै सूचना प्रधानमन्त्री कार्यालयलाई बुझाउन नसक्दा विभाग प्रमुखको योग्यतामाथि प्रश्न चिन्ह खडा भएको छ ।
भ्रमणपूर्व दुई देशबीचको सुरक्षा साझेदारी, उच्च सर्तकता र समन्वयसम्बन्धमा छलफल गर्न नेपालका गृहसचिव र भारतीय समकक्षीबीच हुनेदुईपक्षिय बैठक दिल्ली पुगेर फर्केका प्रमुख आयुक्त दीलिप रेग्मीले सुरक्षा सर्तकता बारे प्रधानमन्त्रीलाई अहिलेसम्म कुनै विफ्रङ गरेका छैनन् ।
स्रोतका अनुसार सुरक्षा मामलामा छलफल गर्ने गृहमातहतका तिनवटै सुरक्षा निकायका अधिकारीले भारतमा अपनाउनुपर्ने सुरक्षाको बारेमा प्रधानमन्त्री कार्यालय र स्वंय प्रधानमन्त्रीलाई समेत विफ्रङ गर्नुपर्ने हुन्छ । तर राष्ट्रिय अनुसन्धान विभागबाटै सो विषयमा विफ्रङ नभएपछि प्रधानमन्त्रीका मूख्य सुरक्षा सम्बन्धी जानकाहरुले नेपाल प्रहरी तथा नेपाली सेनाको सूचनासँग भर पर्नु परेको स्रोतले दावी ग¥यो ।
प्रधानमन्त्रीको पहिलो विदेश भ्रमणको समयमा नेपाली सुरक्षा निकायकै समन्यव र छलफलमा विदेशस्थित सुरक्षाकर्मीहरुको सहयोग लिने गरिन्छ । यो अन्र्तराष्ट्रिय परम्परालाई समेत ध्यान नदिएपछि नेपाल प्रहरीले अहिले भारतीय प्रहरीसँग त्यसको समन्वय गरिरहेको छ भने गुप्तचर संस्थासँग पनि सोही प्रकारको समन्वय गरिरहेको छ । जवकि गुप्तचरसँग भने विभागले बढी नै सम्पर्क गरेर नेपाली प्रहरीलाई त्यसको जानकारी दिनुपर्ने हो । उनी आफै भारत जानुको कारण गृहसचवस्तरीय वैठकमा उनी आफै जानुपर्ने अवस्था नभएपनि उनी गएर राष्ट्रिय सुरक्षाको विषयमा ध्यानै दिएनन् ।
पर्वतका दिलिप रेग्मी अहिले राअका प्रमुख हुन् । उनको चासो हो, भारतसँगका कतिपय संवेदनशिल विषयमा छलफल गर्न अरुलाई पठाउदा गोपियनता भंग हुने र समस्या आउने । सिंहदरवारतिर लाग्ने गरेको आरोप के छ भने, राअलाई राज्यकोषले भन्दा बढी तलब सुबिधा लैनचौरले दिने गरेको छ । त्यसवापत देशका महत्वपूर्ण र संवेदनशील सूचना प्रवाह लैनचौर हुदै दिल्लीस्थित साउथ ब्लक पुग्ने गरेको छ । गृहले दिलीपलाई भन्यो, डिआईजीस्तरको अधिकारी पठाउन सकिदैन भने पनि एआईजीस्तरको पठाउनुस् तर यसमा तपाई नजानुस् ।
समस्या के रहेछ भने, अहिले राष्ट्रिय अनुसन्धान विभागमा दोस्रो वरीयताका एआईजी देवराज भट्ट छन् । उनी प्रमुखका दावेदार थिए । तर, नियुक्ती हुँदाको सरकारले दक्षिणी भनसुन र लैनचौरको दबाव थेग्न नसक्दा दिलीप प्रमुख भएका हुन् । उनी प्रमुख भएकै दिनदेखि राअमा तीव्र गुटवन्दी भएको छ । जुनियरलाई प्रमुख नमान्ने भट्टपक्षधर अधिकारीको त्यहाँ वर्चस्व छ । फलतः औपचारीकताबाहेक उच्चअधिकारीबीच कुनै समन्वयात्मक भुमिका छैन् ।
त्यसो त सरकारलाई गोप्य सुचना दिएर देशको सुरक्षा नीति बनाउनमा महत्वपुर्ण भुमिका खेल्नुपर्ने सो विभागले बिहान काठमाडौबाट प्रकाशन हुने दैनिक र साप्ताहिक पत्रिकाको कटिङ प्रधानमन्त्री र राष्ट्रिय सुरक्षा परिषदलाई पठाएर भुमिका खेलिरहेको छ । र देशका महत्वपुर्ण सुचनाको चुहावट भने लैनचौरतिर हुने गरेको बताइन्छ । फेरी राअमा उच्च अधिकारीबीच चलेको द्वन्द्वको कारण भुमिका ननिभाएको बिषयमा छैन । लैनचौरबाट जे जति आउछ त्यो मध्ये केही आसेपासेलाई बाड्ने र बाकी दिलीप एक्लैले खान्छन् भन्ने असहमती हो । उता, दोस्रो वरीयतामा भट्टलाई कामै नदिएर अर्को जात्रा चलाईको रहेका छन् ।
- जनप्रहार साप्ताहिक
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्