Skip to content
LAXMI SUNRISE BANK

सरकारद्वारा १२ सचिवहरुको सरुवा, को–कहाँ ?

अर्थ सरोकार


काठमाडौं– नेपाल सरकारका १२ सचिवहरुको सरुवा भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को आइतबार बसेको बैठक १२ सचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो ।
निर्णयअनुसार सहकारी तथा गरीवी निवारण मन्त्रालयका सचिव शंकर प्रसाद अधिकारीलाई संस्कृति पर्याटन तथा नागरिक उड्ययन मन्त्रालयमा सरुवा गरिएको छ ।
यस्तै क्षेत्रिय प्रशासक गोपिनाथ मैनालीलाई निर्वाचन आयोगमा सरुवा गरिएको छ भने निर्वाचन आयोगका सचिव शारदा प्रसाद त्रितालाई सहकारी तथा गरीबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ ।
यस्तै आपूर्ति सचिव श्रीधर सापकोटालाई रक्षा, युवा तथा खेलकूद मन्त्रालयका सचिव लक्ष्मी प्रसाद मैनालीलाई श्रम तथा रोजगार मन्त्रालय, महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिव मधु रेग्मीलाई लोकसेवा आयोगमा सरुवा गरिएको सुचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता राम कार्कीले जानकारी दिए ।
यस्तै श्रम तथा रोजगार मन्त्रालयका सचिव विष्णु लम्साललाई महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायातका सचिव अर्जुन कमाुर कार्कीलाई नेपाल ट्रस्टको कार्यालय,  रक्षा सचिव महेश कुमार दाहाललाई युवा तथा खेलकूद मन्त्रालय, जल तथा उर्जा आयोगका सचिव धनबहादुर तामाङलाई भौतिक, नेपाल ट्रष्टका सचिव धीम प्रसाद उपाध्यायलाई जल तथा ऊर्जा आयोग र पर्यटन सचिव प्रेम कुमार राईलाई आपूर्ति मन्त्रालयमा सरुवा गरिएको कार्कीले जानकार दिए ।
  • रातोपाटी

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK