×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुपचुप रहस्य खुल्दा समाजकल्याणमा छट्पटी, आक्रोसमा सुरक्षागार्डलाई यस्तो पत्र

LAXMI SUNRISE BANK

गुपचुप रहस्य खुल्दा समाजकल्याणमा छट्पटी, आक्रोसमा सुरक्षागार्डलाई यस्तो पत्र

२४ भाद्र २०७३, शुक्रबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौंंको मुटु सिंहदरवार नजिकैको भृकुटी मण्डपमा भएको व्याप्त अपारदर्शिता र विचौलियाको विगविगीबारे एशियन समाचारले लगातार नयाँ तथ्यहरु सार्वजनिक गर्दै आएको छ ।
gopya-patra
पहिलो पटक भृकुटीमण्डपको नीतिगत भ्रष्टाचार वारे सुचना वाहिर ल्याएको यस अनलाईनले दोस्रो पटक अपारदर्शिता र भ्रष्टाचार भएका क्षेत्रहरुको अवस्था र तिनको आम्दानी एवं राजश्वमाथि प्रश्न उठाएको हो ।
काठमाडौँ – भृकुटीमण्डपको अनियमितता र विचौलियाको दबदबावारे जानकारी लिने क्रममा वुधवार एक जना कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा त्यहाँको भवन निर्माण देखि होटल सञ्चालन र फोनपार्कवारे केहि नयाँ तथ्यहरुको खुलासा गरेका थिए । त्यस्तो समाचार वाहिर आएपछि समाजकल्याण परिषदले शंकाकै भरमा आफ्नै सँस्थाका एकजना सुरक्षागार्ड नवराज धितालको जागिर चट् पार्ने संकेत गरेको छ । समाजकल्याण परिषदका सहायक निर्देशक वोधराज दाहालले सुरक्षागार्ड नवराज धितालसंग मागेको स्पष्टीकरण जसलाई गोप्यपत्र भनिएको छ । हेर्नुस पत्र जस्ताको तस्तै:

तपाई यहाँको विषयमा वाहिर वोलेपछि जागिर खाईदिने धम्की दिनुहुन्छ रे भन्ने एशियन समाचारको जिज्ञासामा सुचनाको जिम्मेवारी समेत सम्हालेका तिनै वोधराज दाहालले वुधवार भनेका थिए प्रमाण पेश गर्नुस । तर विहिवार उनले सुरक्षागार्डलाई मागेको यो स्पष्टीकरणले उनका लागि थप प्रमाण जुटाइरहन जरुरी देखिएन । मुनाफा व्यवशायी,विचौलिया र मन्त्रालय सम्हाल्नेहरु खाने जागिर सुरक्षागार्ड जस्तो सामान्य कर्मचारीको जाने । कस्तो विचित्रको छ नेपाल ? यहाँ जाँतोमा अन्न पिसिदैन घुन मात्रै पिसिन्छ ।
ठूला माछाहरु चौतर्फि मिलाउँछन र सानाहरु जसरी पनि उनिहरुको शिकार वन्न पुग्छन् । राज्यका सवै सरोकारवाला निकायको ध्यान यसतर्फ केन्द्रित होस । एशियन समाचारले गएको एक महिना देखि फ्लोअप गरेको यहि समाचारमा हिमालय टेलिभिजनले नजर र क्यामेरा दौडाएपछि समाजकल्याणका विचौलियाहरु थप छट्पटाए र त्यसको असर परिषदका कर्मचारीहरुसम्म पुग्यो स्रोतले भन्यो ।
२०३८ सालमा राष्ट्रीय सभा मातहतमा आएको सरकारी जग्गा २०४९ मा सामाजकल्यान परिषदको मातहतमा आएको थियो । तत्कालीन राजा बिरेन्द्र बिरबिक्रम शाहले आफनी रानी ऐश्वर्यको अध्यक्षतामा आय आए आर्जन र रमाइलो मेलाको लागि छुटयाएको उक्त भुमिमा अहिले बिचौलीयाहरुको रजाई छ । समाजकल्याण परिषदमा भएका स्टलहरुवारे पनि परिषद र स्थानिय व्यवशायी वीच झण्डै ४ सय स्टलहरुको सुचिमा फरक देखिन्छ । स्थानिय व्यवशायीका अनुसार १७ सय स्टलहरु छन् र परिषदले स्टलहरु १३ सय मात्रै भएको वताउछ ।
टिकट घरमा समेत परिषद लाई जानकारी नदिइ सात लाख कमिशन खाएर होटल खोल्न अनुमति, प्रदशनी स्थलमा ब्यबसायीहरुलाई ४ वटा कार्ड दिएर ब्यापार गर्न छुट । १. पक्की २.बुथ ३.खुला बजार ४.नाङ्गलो तर प्रत्यक बाट २ महिनाको डिभोजीट लिएर ३५ हजार कमिशन चक्कर अलग्गै छ । २०६९ साल ५ महिना को कार्यसमितिको निर्णय बोमोजीम ६९ साल ६ महिना एक देखी लागु हुने गरि सामाज कल्याण परिषदको कार्यसमितिले उक्त जमिन १५ बर्षको लागि मनाङ्ग धारापानी हाल काठमाडौँ सामाखुशीका रबिन्द्र गुरुङ्गलाई भाडामा दिने निर्णय गर्योे ।

५ लाख ५५ हजार रुपैयाँमा भाडामा दिएको उक्त फन पार्कको मासिक आम्दानी करौडौ हुने गर्छ । असाहय अपाङ्गहरुको उत्थान र बिकासका लागि समाजकल्याण परिषदले दिएको त्यस ६० रोपनी जग्गा अहिले गुरुङका लागि सुनको अण्डा कोरल्ने अमुल्य बस्तु बनेको छ ।

काठमाडौको मुटुमा ६० रोपनी जग्गा पाएका गुरुङले त्यसलाई पुरै ब्यवशायिक प्रतिष्ठान जस्तै बनाएका छन् ।
  • एसियन समाचार 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी