
- अर्थ सरोकार सम्बतदाता
काठमाडौँ – कार्तिकको अन्तिम साता पाकिस्तानको इस्लामाबादमा हुने दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन सार्कको शिखर सम्मेलन भारतले वहिष्कार गर्ने भएको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले सार्कको १९ औं शिखर सम्मेलन बहिष्कार गर्ने जनाउ दिएका छन् । मंगलबार राति स्वरुपले ट्वीट गर्दै सीमापार आतंकबादी आक्रमण बढेको भन्दै शिखर सम्मेलन बहिष्कार गर्ने जनाउ दिएका छन् । हामीले सार्क अध्यक्ष राष्ट नेपाललाई जानकारी गराइसकेका छौ, ट्वीटमा स्वरुपले लेखेका छन् क्षेत्रिय सहयोग र आतंकवाद संगसैगै हिड्न नसक्ने भएकाले इस्लामाबादमा हुने क्षेत्रिय सम्मेलनमा भारतले भाग लिन सक्दैन ।
उनले सीमापार आतंक बढेको र एक देशले अर्को देशको आन्तरिक मामिलामा हस्तक्षेप गरिरहेको अबस्थामा सम्मेलन सफल नहुँने दावी भारतले गरेको छ । केही देशले इस्लामाबादमा हुने शिखर सम्मेलनमा रिजर्भेशन राखेको समते स्वरुपले बताएका छन् ।
भूटान, बंगलादेश र अफगानिस्तानले रिजर्भेशन देखाएको भन्दै भारतले कार्तिक २४ र २५ मा हुने सम्मेलनमा भाग नलिने निर्णय गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्