×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्रीको भारत भ्रमण : दुई देशबीचको सम्बन्ध विस्तारमा जोड

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

प्रधानमन्त्रीको भारत भ्रमण : दुई देशबीचको सम्बन्ध विस्तारमा जोड

Artha Sarokar

२९ भाद्र २०७३, बुधबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालको भोलिदेखि हुने भारत भ्रमणले दुई देशबीच रहिआएको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने विश्वास लिइएको छ ।

दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएपछि विगतका सन्धि सम्झौता र विगतका तीता क्षणलाई बिर्सेर धार्मिक, सांस्कृतिक एवम् पारस्पारिक सम्बन्धलाई अझै प्रगाढ बनाउनेतर्फ दुवै देशका सरकार प्रमुखको प्राथमिकता रहेको छ ।

नेपाल–भारतको सम्बन्ध बहुआयामिक भएकाले त्यसलाई एउटा कोणबाट मात्र व्याख्या गरेर आपसी सम्बन्धमा शङ्का, उपशङ्का एवम् द्वेषको मनस्थितिबाट माथि उठेर दुई मुलुकको हितमा लाग्ने विश्वाससहित यस पटकको भारत भ्रमण केन्द्रित हुन लागेको हो ।

प्रधानमन्त्री दाहालले राष्ट्रिय एकतालाई मजबुत बनाएर मात्र छिमेकीसँगको सम्बन्धलाई प्रगाढ बनाउन सकिन्छ भन्ने मर्मलाई आफूले बुझेको प्रस्ट पार्दै भ्रमणकै विषयमा चरणबद्ध रुपमा छलफल चलाइरहेका छन् ।

मुलुकको सबैभन्दा ठूलो पार्टी नेपाली काँग्रेस, नेकपा ९माओवादी० र राप्रपा नेपाललगायत पार्टीका प्रमुख नेतासँग चरणबद्धरुपमा औपचारिक एवम् अनौपचारिक छलफल गरेर भारत भ्रमणमा नेपालले उठाउने विषयमा सुझाव लिएका छन् ।

उनले आफूले नेतृत्व गर्नुभएको माओवादी केन्द्रका विभिन्न तहमा छलफल र बहस चलाएर मात्र भारतसँग औपचारिक छलफल गर्ने निष्कर्षसहित यस्तो निरन्तर अन्तक्र्रिया गर्नुभएको उनका परराष्ट्र सल्लाहकार डा ऋषिराज अधिकारीले बताए ।

सल्लाहकार अधिकारीका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन एवम् पूर्वप्रधानमन्त्री, परराष्ट्र विज्ञ, राजनीतिक दल, उद्योगी व्यवसायी एवम् विद्यार्थी नेताबाट भारत भ्रमण गर्दा नेपालले उठाउने विषयमा पर्याप्त सुझाव लिएका छन् ।

कुनै पनि सरकार प्रमुख भारत भ्रमणमा निस्कँदै गर्दा राजनीतिक पार्टीअनुसार फरक फरक विचार अभिव्यक्त हुने र सुझावका क्रममा पनि त्यस्तो आउने गरेपनि प्रधानमन्त्रीले यसपटक नयाँ सम्झौता गर्नेभन्दा पनि पुरानाको कार्यान्वयनमा जोड दिने बताएका छन् ।

विगतमा भएका सन्धि सम्झौताको कार्यान्वयनमा नै जोड दिँदा दुई देशबीच रहिआएको सम्बन्धलाई मजबुत बनाउन बल पुग्ने भएकाले त्यसतर्फ नै प्रधानमन्त्रीले ध्यान दिने सल्लाहकार अधिकारीको भनाइ छ ।

उनी भन्छन्– “खासगरी सन् १९९६ मा भएको महाकाली सन्धियता भएका कैयौँ सम्झौता कार्यान्वयनमा आएका छैनन्, त्यसले गर्दा पनि दुई देशबीचमा शङ्का उब्जिने गरेको हो, यो भ्रमणले त्यसलाई कम गर्दै लैजाने प्रयास गर्छ ।”

प्रधानमन्त्री दाहालले आफ्नो भारतको भ्रमणको मुख्य मुद्दा केही अगाडि देखिएको असन्तुष्टिलाई अन्त्य गर्दै दुई देशबीचको सम्बन्ध सुमधुर बनाउने रहेको पाएको राजनीतिक दलका नेताको प्रतिक्रिया छ ।

पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशचन्द्र लोहनीले दुई देशबीचको सम्बन्धमा के कारणले तीक्तता आएको हो, त्यसलाई निराकरण गर्न प्रधानमन्त्रीको यसपटकको भ्रमण केन्द्रित हुने विश्वास व्यक्त गरे । उनले विगतका सम्झौता कार्यान्वयन गर्नेतर्फ नेपालको जोड हुनुपर्ने बताए।

यसपटकको भारत भ्रमणमा ४०० मेगावाटको तल्लो अरुण परियोजनाको निर्माणका विषयमा कुरा हुने बुझिएको छ । त्यसैगरी, विद्युत् व्यापार सम्झौता भएपनि त्यसको कार्यान्वयनका लागि आवश्यक पर्ने नीतिका विषयमा पनि दुई देशबीच छलफल भएर अगाडि बढाउने तयारी गरिएको छ । हुलाकी राजमार्ग निर्माणको दोस्रो चरणका विषयमा पनि दुई देशबीच छलफल हुनेछ ।

महाकाली सन्धि, पन्चेश्वर परियोजना, नौमुरे जलविद्युत् आयोजनालगायतका विषय लामो समयदेखि थाती रहेका छन् । जलविद्युत्, सिँचाइ एवम् विकास निर्माणका थुप्रै आयोजनाका कार्यान्वयनका विषयमा विश्वस्त हुने विषयमा नेपाली पक्ष केन्द्रित रहने बुझिएको छ ।

  • दियो पोष्ट /हरि लामिछाने
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी