×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संविधानका बारे सबैलाई बुझादिनुस्: सञ्चारमन्त्री

GLOBAL IME BANK

संविधानका बारे सबैलाई बुझादिनुस्: सञ्चारमन्त्री

२१ भाद्र २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ – सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले संविधानले असन्तुष्ट पक्षलाई पनि ‘स्पेस’ दिएको कुरा बुझाउन सञ्चारकर्मीलाई आग्रह गरेका छन् ।
सूचना तथा सञ्चार मन्त्रालयमा सोमबार संविधान दिवस, प्रचारप्रसार उपसमितिको बैठकमा उनले भने, ‘संविधानमा धेरै सकारात्मक कुरा छन्, त्यसमा पनि असन्तुष्ट पक्षका लागि सबैभन्दा सकारात्मक कुरा भनेको यसमा संशोधनको गुञ्जायस छ ।’
उपसमितिका अध्यक्षसमेत रहेका मन्त्री कार्कीले गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजन लगायत सरकारी सञ्चारमाध्यमले आफूले प्रसारण गर्ने गरेका विभिन्न भाषाभाषीका कार्यक्रममा संविधानबारे बुझाउनुपर्ने बताए । ‘विशेषगरी विभिन्न तराई केन्द्रीय भाषामा संविधान संशोधन भइसकेको छ भनेर बुझाइदिनुहोस् ।’
कार्यक्रममा नेपाल प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले संविधान दिवसका अवसर पारेर विभिन्न सञ्चारमाध्यमका सम्पादक र वरिष्ठ पत्रकारलाई बोलाएर संविधानको कार्यान्वयनमा सञ्चार क्षेत्रको भूमिका के छ अब कस्तो भूमिका निर्वाह गर्नुपर्छ जस्ता कुरामा बहस चलाउनुपर्ने बताए ।
राष्ट्रिय समाचार समितिका महाप्रबन्धक निर्मला आचार्यले आफ्नो संस्थाले संविधानबारे बुझाउने खालका लेख, आलेख र समाचारलाई प्राथमिकतामा राखिरहेको जानकारी दिए ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले संविधान दिवससँगै विरोधी विचारलाई पनि तटस्थ भएर प्रसारण गर्नुपर्ने बताए । यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा रहेको संविधान दिवस मूल समारोह समितिले पहिलो संविधान दिवस (असोज ३ गते) का अवसरमा विभिन्न कार्यक्रम गर्ने भएको छ ।

तीन दिने कार्यक्रमअन्तर्गत असोज २ गते सञ्चारमाध्यममा संविधानबारे प्रचारप्रसार, असोज ३ गते सैनिक मञ्चमा विशेष कार्यक्रम र असोज ४ गते रेडियो नेपालमा फूलबारी कार्यक्रम, लोकदोहोरी प्रतियोगितासँगै विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासमा मनाइने कार्यक्रम छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: