Skip to content
LAXMI SUNRISE BANK

जिल्लाबासीको चोटमा मलहम लगाउन राहत बोकेर प्युठान पुगे संजय पण्डित

अर्थ सरोकार


काठमाडौँ – कीर्तिमानी विश्व पर्वतारोही एवं लामो दुरीका धाबक संजय पण्डितले बुधबार प्युठानको बाढी पहिरो प्रभावित क्षेत्र फोप्लिमा ६० घरपरिवारलाइ २० किलोका दरले १२०० केजी चामल वितरण गरेका छन् ।

संजय पण्डित फाउन्डेसन नेपालका अध्यक्ष संजय पण्डित एवं महासचिव सुरेन्द्र पण्डित द्वारा उक्त राहत वितरण गरिएको हो । प्युठान निवासी पण्डितले आफूलाई संसारभर चिनाउन प्युठानले प्रमुख भूमिका खेलेकले प्युठानी जनताको पीडामा केही भएपनि मलहम लगाउन सकेकोमा आफूलाई खुसी लागेको बताए ।

उनले भूकुम्पपीडित जस्तै बाढीपीडितलाई पनि विशेष प्राथमिकता दिएर सहयोग गर्न आग्रह गरेका छन् । भूकम्पपीडितहरुको घर भत्किए पनि अन्य ठाउँमा घर बनाउन सकिने तर बाढी पहिरो पीडितहरुको सबै घर, खेत, बारी नै सखाफ भएकोले सरकारले छिट्टै विशेष योजना बनाइ राहतको व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।
प्युठानमा जन्मिएका पण्डितले प्युठानबाट सगरमाथासहित विश्वका अन्य चर्चित हिमाल आरोहण गर्ने पहिलो नागरिक हुन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK