×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अस्पतालको बेडले फर्काएको शशांक र सुपात्राको पुरानो प्रेम

GLOBAL IME BANK
SHREE KESH

अस्पतालको बेडले फर्काएको शशांक र सुपात्राको पुरानो प्रेम

२१ भाद्र २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला २२ असारमा गम्भिर विरामी परे । घरमा उनी विरामी पर्दा पत्नी सुपत्रा साथमा थिइनन् । बर्षाैदेखि पत्नी सुपात्रासँग अलग बस्दै आएका शशांकलाई अस्पतालको बेडले फेरी एक ठाउँमा ल्याइदिएको छ । बर्षाैदेखि टुटेको शंशांकको प्रेम फेरी फर्किएको कांग्रेस बृत्तमा चर्चा चल्न थालेको छ ।
बर्षाैदेखि पत्नी सुपात्रासँग अलग बस्दै आएका शशांक उपचार पछि घर फर्के । ओम अस्पतालबाट घर फर्केकै दिन पत्नी सुपात्रा पनि घर फर्केकी छिन् । दुवैको ब्यवहार एक अर्काेप्रति चित्त बुझदो नभएपछि बर्षाै पहिले अलग भएका थिए । तर शशांकलाई लागेको गम्भिर विरामीले उनीहरुलाई एक ठाउँमा ल्याइदिएको छ ।
शशांक पत्नी सुपात्रा पेशाले चिकित्सक हुन् । ओम अस्पतालमा कार्यरत सुपात्राकै कारण उनले पुर्नजन्म पनि पाए । उनीहरुबीच तीन बर्षअघि देखि सामान्य बोलचाल मात्र थियो । तर पत्नी पति जस्तो ब्यवहार नभएको उनी निकट ब्यक्तिहरु बताउँछन् । अस्पतालको बेडले शशांक र सुपात्रालाई एक ठाउँमा ल्याइदिएको छ ।
सुपात्रा भारतीय चेली हुन् । भारतमै चिकित्सकको अध्ययन गर्दा उनीहरुबीच प्रेम बसेको थियो । त्यही प्रेमलाई शशांक र सुपात्राले विवाहमा बदलेका थिए । उनीहरुको प्रेम विवाह भएपनि बारम्वार खटपट भइरहने गर्दथ्यो । खटपटकै कारण सुपात्रा शशांकबाट अलग बस्दै आएकी थिइन । उपचारपछि भने सुपात्रा शशांकसँग निवासमा बस्न थालेकी छिन् । ‘उहाँहरुबीच फेरी पुरानै प्रेम फर्केको छ’ उनी निकट कांग्रेसका एक नेताले भने ‘शशांक दाईको पुर्ण रेखदेख भाउजुले गर्न थाल्नु भएको छ र दिनमा तीन चार कल फोन पनि अस्पतालबाट गर्ने गर्नु भएको छ ।’
शशांक मदिराका पारखी हुन् । तर विरामी पछि पत्नी सुपात्राले मदिरा पिउन उनलाई प्रतिबन्ध नै लगाएकी छिन् । पत्नीका कारण उनले मदिरा पिएका पनि छैनन् । विस्तारै शशांक पूर्णरुपमा स्वस्थ हुँदै गएका छन् । पछिल्ला दिनहरुमा आफ्नो सम्पर्क कार्यालयमा पुगेर विहान दैनिक कार्यकर्ताहरुसँग भेटघाट गर्न थालेका छन् ।
विरामी पछि सार्वजनिक कार्यक्रमम नदेखिएपनि उनी शशांक पार्टी गतिविधिमा भने सक्रिय नै भएका छन् । उनले दैनिक ५० भन्दा बढि कार्यकर्तासँग भेटघाट गर्ने गरेका छन् । भेटघाटकै समयमा उनले औषधी पनि सेवन गर्ने गर्दछन् ।

  • एस काठमाडौँ 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: