×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यौनधन्दा गरेर समाज सेवा !

LAXMI SUNRISE BANK

यौनधन्दा गरेर समाज सेवा !

२६ भाद्र २०७३, आईतवार

पढ्न लाग्ने समय: ४ मिनेटभन्दा कम

काठमाडौं– ठमेलमा यौन व्यवसायीका कहानी निकै चाखलाग्दा छन् । १५ वर्षदेखि निरन्तर यौन व्यवसायमा लागेकी एक युवतीले चार जना सडक बालबालिकालाई होस्टेलमा राखेर पढाएकी छिन् । चितवनबाट दिदी पर्नेले काठमाडौं ल्याएकी १४ वर्षीया सुमना (नाम परिवर्तन) लाई गत साता महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेबाट खटिएको प्रहरी टोलीले रङ्गहात नियन्त्रणमा लियो ।

‘जुली’ : जसले सडकमा फालिएका फूलहरु सम्हालिन्
सिन्धुपाल्चोकबाट काठमाडौं झरेकी जुली तामाङ (नाम परिवर्तन) अहिले २९ वर्षकी भइन् । १५ वर्षअघि ठमेलस्थित सञ्चयकोष भवन अघिल्तिरको सडकमा उभिएर सेक्स बार्गेनिङ सुरु गरेकी उनी आजभोलि हरसाँझ डिस्कोमा नाच्न जान्छिन् ।

ठमेलमा उनले लगातार १५ वर्ष जवानी बेचेर एउटा उदाहरणीय काम गरेकी छिन् । सडकमा फालिएका चार बालबालिकालाई टिपेर विद्यालय भर्ना गरिन् । उनीहरुलाई होस्टलमा राखेकी छिन् ।

‘डिस्कोबाट भारतीय ग्राहक पिकअप गरेर होटलमा जान्छु’ केही दिनअघि प्रहरी फन्दामा परेकी जुलीले महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका डीएसपी सोमेन्द्र सिंह राठौरलाई निर्धक्क हुँदै भनेकी थिइन्, ‘नेपालीहरु कुटपिट गर्छन्, पैसा पनि दिँदैनन्, त्यसैले आजकाल भारतीय ग्राहक खोज्ने गरेको छु ।’

ठमेलमा उनले लगातार १५ वर्ष जवानी बेचेर एउटा उदाहरणीय काम गरेकी छिन् । सडकमा फालिएका चार बालबालिकालाई टिपेर विद्यालय भर्ना गरिन् । उनीहरुलाई होस्टलमा राखेकी छिन् । हर महिना सडकमा फालिएका फूलहरु भेट्न जाँदा स्कुल र होस्टल फी चुक्ता गरेर फर्किन्छिन् ।

इजरायली भाषा सिक्न थालेकी जुली करिब पाँच महिनायता तीन पटक प्रहरी वृत्त सोह्रखुट्टे पुगिन् । सोह्रखुट्टेका डिएसपी राठौरले ‘अब आइन्दा यस्तो काम गर्दिनँ’ भन्ने कमिटमेन्ट पेपरमा हस्ताक्षर गरेर उनलाई छाडिदिए ।

‘उनी सामाजिक पिडीत हुन्, हामीले थप पिडीत बनाउनु हुँदैन’ डिएसपी राठौर भन्छन्, ‘अब आइन्दा यस्तो काम नगर्नु भनेर पठाउने गरेको छु ।’

‘अब आइन्दा यस्तो काम गर्दिनँ’ भन्ने कमिटमेन्ट पेपरमा हस्ताक्षर गरे पनि आगामी दुई वर्ष उनले अरु पेसा नअँगाल्ने सोच बनाएकी छिन् । ‘शरीरको रुपरङ बिग्रिन थालिसक्यो । दुई वर्ष यही काम गर्छु, त्यसपछि इजरायल जान्छु’ भन्दै उनले प्रहरी वृत्त छाडिन् ।



खाजा घरमा यौन बेच्दै १४ वर्षीय बालिका
सानैमा उनले आमा गुमाइन्, बुवाले कान्छी ल्याए । कान्छी आमाको हरिदनको पिटाई सहन उनलाई गाह्रो भइसकेको थियो । त्यसपछि दिदी पर्नेले सुमना (नाम परिवर्तन) लाई चितवनबाट काठमाडौं ल्याएर नयाँ बजारको भ्याली कोल्ड स्टोर नजिकैको खाजा घरमा लगिन् । त्यही खाजा घरको माथिल्लो तल्लामा उनले यौन बेच्न थालेको चार वर्ष भइसक्यो ।

केही दिनअघि सुमनालाई आपत्तिजनक अवस्थामा फेला पारेपछि सोह्रखुट्टेबाट खटिएको प्रहरीले नियन्त्रणमा लिए । ‘मैले उनलाई घर पठाउन कत्ति प्रयास गरेँ, महिलासम्बन्धी काम गर्ने एनजीओलाई बोलाएर जिम्मा लगाउन खोजेँ उनी मान्दै मानिन्’ डीएसपी सोमेन्द्र सिंह राठौर भन्छन्, ‘आइन्दा यस्तो नगर्नु भनेर पठाएँ, यहाँबाट छुटेको चौंथो दिन उनलाई त्यही खाजा घरमा भेटियो ।’

सुमनासहित ‘खाजा घर’ लेखिएको बोर्ड राखेर अरु दुई जना महिलाले यौन धन्दा चलाउँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

‘उच्च स्तरको लवाई–खवाई र रहन सहनमा मिट हुनका लागि आवश्यक आर्थिक अभाव पूर्ति गर्न त्यस्ता मोडलहरु यौन व्यवसायमा लागेको मैले पाएको छु’ डीएसपी राठौर भन्छन्, ‘आर्थिक हैसियत कम हुन्छ, उच्च घरानियाँको सिको गर्न खोज्छन्, त्यसैले उनीहरुले यौन व्यवसायलाई ‘पार्ट टाइम जब’को रुपमा अँगालेको देखिन्छ ।’

मोडलिङमा प्रवेश गरेकाहरु पनि भेटिए !
मोडलिङ क्षेत्रमा प्रवेश गरेका नेपाली किशोरीहरु पनि ठमेल क्षेत्रमा यौन धन्दामा लागेको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले जनाएको छ । मोडलिङमा भर्खरै प्रवेश गरे पनि ‘मोडल’ उपनामले चिनिने त्यस्ता किशोरीहरु ठमेलका गेस्ट हाउसहरुको सम्पर्कमा रहेका हुन्छन् । प्लस टु पढ्दै मोडलिङ सिक्दै गरेका किशोरीहरुलाई भारतबाट आउने ग्राहकको इच्छा व्यक्त गरेपछि दलाल र गेस्ट हाउसहरुले उपलब्ध गराउँदै आएका छन् ।

‘उच्च स्तरको लवाई–खवाई र रहन सहनमा मिट हुनका लागि आवश्यक आर्थिक अभाव पूर्ति गर्न त्यस्ता मोडलहरु यौन व्यवसायमा लागेको मैले पाएको छु’ डीएसपी राठौर भन्छन्, ‘आर्थिक हैसियत कम हुन्छ, उच्च घरानियाँको सिको गर्न खोज्छन्, त्यसैले उनीहरुले यौन व्यवसायलाई ‘पार्ट टाइम जब’को रुपमा अँगालेको देखिन्छ ।’

फ्ल्याट लिएर यौनधन्दा

क्षेत्रपाटी चोकबाट करिब दुई सय मिटर भित्रपट्टि पाँच जना युवतीहरु एउटा फ्ल्याट लिएर बसेका थिए । केही दिनअघि उनीहरु बचि कुटाकुट हुँदा एक युवती घाइते भइन् । घाइतेले आत्तिँदै फोन गरेरपछि प्रहरी उनीहरुको फ्ल्याटमा पुग्यो ।
फ्ल्याटमा पुग्दा प्रहरी छक्क परे ! रक्सीका बोतल र कन्डमका प्याकेट यत्रतत्र छरिएका थिए । एउटा कोठामा सामान्या म्याटमाथि तन्न मात्रै लगाइएको थियो ।

उनीहरु मासिक सात हजार दुई सय भाडा तिर्थे । ‘दोलखाकी एक जना, धादिङका दुई जना र सिन्धुपाल्चोकका दुई युवतीबीच भाडा तिर्ने बारेमा विवाद भएपछि हामीलाई खबर गरेका रहेछन्’– डीएसपी राठौर भन्छन्, ‘त्यहाँ तीन जना केटाहरु पनि भेटिए । केटा–केटी सबैजना रक्सी सेवन गरेर झ्याप भएका थिए ।’

शनिबारको दिन थियो । युवतीहरुको फ्ल्याटमा तेस्रो लिङ्गी समेत बसेर रक्सी सेवन गरेको र होहोल्ला गरेको भेटिएपछि प्रहरीले तेस्रो लिङ्गीलाई सार्वजनिक अपराधको मुद्दा चलायो । युवतीहरुलाई आइन्दा त्यस्तो क्रियाकलाप नगर्ने शर्तमा प्रहरीले छाडिदियो ।

‘यस्तो केसमा सार्वजनिक अपराधको मुद्दाबाहेक अरु विकल्प हुँदैन’ डीएसपी राठौर भन्छन्, ‘जम्मा सात दिनको म्याद पाइन्छ, अनि कति जनालाई मुद्दा चलाउनु, त्यसैले ‘आइन्दा यस्तो नगर्नु’ भन्दै छाड्ने गरेका छौं ।’

रामेछापकी पिङ्की तामाङ (नाम परिवर्तन) म्हैपीको एउटा फाइनान्समा काम गर्थिन् । २२ वर्षीया पिङ्की फाइनान्सको कामबाहेक यौन व्यवसायमा समेत लागेको सूचना प्रहरीलाई आएको थियो । एक दिन राति साढे ११ बजेसम्म उफर बजाएर होहल्ला गरेको भन्दै छिमेकीले खबर गरेपछि प्रहरी वृत्त सोह्रखुट्टेको टोली उनको डेरामा पुग्यो । ‘म्हैपीस्थित उनको फ्ल्याटमा तिनजना केटी र दुईजना केटा फेला परे’ डीएसपी राठौर भन्छन्, ‘भ्यानमा हालेर ल्याइयो, ‘आइन्दा गर्नेछैनौं’ भन्ने कागज गराएर छाडियो ।’

त्यस्तै फ्ल्याट लिएर यौन व्यवसायमा लागेका युवतीहरु प्रहरीले नयाँ बजारको एक घरमा पनि फेला पारेको छ । मध्यरातसम्म लाउड म्युजिक बजाउने गरेको भन्दै स्थानीयले कमेन्ट गरेपछि प्रहरीले सर्च गर्दा उनीहरुले यौन व्यवसाय सञ्चालन गरेको खुलेको थियो ।

यसरी यौन व्यवसायमा लाग्नेहरु मध्ये आमा–बुवाबाट अपहेलित भएका धेरै भेटिने गरेको राठौरले जानकारी दिए । उनका अनुसार बुवाले कान्छी श्रीमती ल्याएका र आर्थिक समस्या भएकाहरु यस्तो व्यवसायमा संलग्न छन् ।

भूकम्पपछि ठमेलमा यौन बेच्न नयाँ अनुहारका किशोरीहरु धेरै थपिएका छन् । ‘भूकम्पपछि १६ देखि १८ वर्षका किशोरीहरुको सङख्या ठमेलमा बढेको छ’ राठौर भन्छन्, ‘मैले जानकारी पाएसम्म सबैभन्दा धेरै किशोरी सिन्धुपाल्चोकबाट आएर यस्तो पेशा अँगाल्न थालेका छन् ।’

बाटो–बाटोमा ‘केटी चाहिन्छ’ भन्ने ६० जना पक्राउ !

पछिल्लो साँढे पाँच महिनाको अवधिमा ठमेल क्षेत्रमा ‘केटी चाहिन्छ’ भन्दै यौन दलाली गर्ने ६० जनालाई प्रहरीले पक्राउ गरेको छ । डीएसपी राठौरका अनुसार पक्राउ परेका दलाल दुई प्रकारका भेटिएका छन् । एकाथरी दलाल ग्राहक खोज्छन् भने अर्काथरी गेस्ट हाउस खोजिदिएर कमिसन खान्छन् । ‘दाइ केटी चाहिन्छ’ भन्दै ग्राहकलाई तानेर कमिसन लिने दलालहरुलाई केटीसहित फेला पारेमा प्रहरीले मानव बेचविखनको मुद्दा चलाउने गरेको छ । त्यसबाहेक अधिकांश दलालहरुलाई सार्वजनिक अपराधको मुद्दा चलाउने गरेको डीएसपी राठौरले जानकारी दिए ।

  • रातो पाटी
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी