×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सीमाक्षेत्रका डुवान पीडित नेपालीलाई क्षतिपुर्ति दिन भारत असहमत

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सीमाक्षेत्रका डुवान पीडित नेपालीलाई क्षतिपुर्ति दिन भारत असहमत

Artha Sarokar

२७ भाद्र २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौं – भारतीय पक्षले निर्माण गरेको वाँधका कारण वर्षेनी हजारौं नेपाली किसानहरुले डुवानबाट ठूलो वालीनालीको क्षति व्यहोर्दै आएका छन् ।
यहि सन्दर्भमा सीमा क्षेत्रका डुबानपीडित नेपाली किसानलाई क्षतिपूर्ति दिन नेपालका तर्फबाट राखिएको प्रस्ताव भारतले अस्वीकार गरेको छ ।

शुक्रबार भारतको राजधानी नयाँदिल्लीमा समपन्न दुवै देशका गृहसचिव स्तरीय बैठकमा नेपालले भारतीय बाँधका कारण बर्सेनी हजारौं नेपाली डुबानमा परेको भन्दै क्षतिपूर्ति उपलव्ध गराउन प्रस्ताव राखेको थियो ।
तर, आफूहरले सीमा क्षेत्रमा कुनै पनि अनधिकृत संरचना निर्माण नगरिएको क्षतिपूर्तिसम्बन्धी प्रस्ताव छलफल गर्न आवश्यक नभएको भारतीय सुरक्षा अधिकारीले बताएका थिए ।
बैठकमासहभागी नेपाली अधिकारीले डेढ दर्जन स्थानमा भारतले निर्माण गरेको अनधिकृत संरचनाबाट हजारौं नागरिक विस्थापित भएको विवरण पेस गरेका थिए । त्यसपछि भारतीय पक्षले डुबान विषय गृह मन्त्रालयको क्षेत्राधिकारमा नपर्ने भन्दै पन्छाएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी