×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महिला संघमा सिटौलाको च्याँखे दाउ, देउवा समुहलाई ढाल्न पौडलसँग साँठगाँठ

GLOBAL IME BANK

महिला संघमा सिटौलाको च्याँखे दाउ, देउवा समुहलाई ढाल्न पौडलसँग साँठगाँठ

२८ भाद्र २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौं – नेपाल विद्यार्थी संघमा सभापति शेरबहादुर देउवा समुहसँग अघोषित कार्यगत एकता गरेको कांग्रेस नेता कृष्णप्रसाद सिटौला समुहले महिला संघको महाधिबेशनमा बरिष्ठ नेता रामचन्द्र पौडेलसँग साँठगाँठ गर्ने तयारी गरेको छ । संवाद अन्तिम चरणमा पुगेपनि पूर्ण सहमति भने भइनसकेको उनी निकट स्रोतले बताएको छ । भोली २९ भदौदेखि सुरु हुने महिला संघको महाधिबेशनमा आफ्नो समुहको बलियो उपस्थित गराउन सिटौला रातदिन खट्टिएका छन् ।
 देउवा र पौडेल दुवै समुहसँग लामो समयदेखि संवाद गरिरहेका सिटौला पौडेल समुहसँग पछिल्लो समय नजिकिएका छन् । महिला संघमा सभापति देउवा समुह बलियो मानिन्छ । तर सिटौला समुहले पौडेल समुहलाई साथ दिए कडा प्रतिस्पर्धा हुने अनुमान कांग्रेसजनहरुले गर्न थालेका छन् । ‘आफै चुनाव लडेजतिकै सिटौला दाई क्रियासिल हुनुहुन्छ’ उनी निकट एक नेताले भने ‘प्रत्येक महिला संघका प्रतिनिधिलाई फोन सम्पर्क गरिरहनु भएको छ ।’ नेपाली कांग्रेसमा आफ्नो समुहलाई बलियो बनाउन सिटौला विहानदेखि साँझसम्म कार्यकर्ता भेटघाटमा लागिरहेका छन् ।
१० बर्षे सशस्त्र युद्ध गरेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउँदा सिटौला गृहमन्त्री थिए । गृहमन्त्री हुँदै सशस्त्र युद्धका कमाण्डर पुष्पकमल दाहाल प्रचण्डलाई सिक्लेसबाट हेलिकप्टरमा काठमाडौं ल्याएका थिए । ‘सिटौला दाई त्यो समयभन्दा बढि आजभोली क्रियासिल हुनुहुन्छ’ उनी निकट नेताले भने । सिटौला पार्टीका सवै भात्रृ संगठनहरुमा आफ्नो उपस्थिति बलियो बनाउने रणनीतिमा छन् । नेविसंघमा देउवासँग कार्यगत एकता गरेर पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म आफ्नो राम्रो उपस्थिति गराएका सिटौला महिला संघ र तरुण दलमा पनि त्यही उपस्थिति बनाउन कस्सिएका छन् । 
उनको अभियानमा  कांग्रेसका प्रभावशाली नेता तथा स्वास्थ्यमन्त्री गगन थापा पनि लागेका छन् । महिला संघमा दोस्रो उपस्थिति बनाउने उनीहरुको रणनीति रहेको छ । भोलीदेखि हुने महाधिबेशनमा देउवा र पौडेल दुवै समुहले आज प्यानल घोषणा गरेका छन् । घोषणा गरेका दुवै प्यानलले सिटौलाका लागि केही स्थान पनि छुट्टयाएका छन् । सिटौलाले धना खतिवडाको नेतृत्वमा आफ्नो समुह तयार पारेको छ ।

  • एस काठमाडौँ 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: