Skip to content
LAXMI SUNRISE BANK

नेप्सेमा सुधार: एक अर्ब १९ करोडको कारोबार हुँदा सनराईज बैंकको कारोबार उच्च

अर्थ सरोकार


काठमाडौँ – साताको दोस्रो दिन सोमबारको कारोबारमा बजार परिसूचक सामान्य अंकले बढेको छ अघिल्लो दिनको तुलनामा कारोबार रकममा समेत वृद्धि भएको छ । कारोबार अवधि भर नै तिब्र उतार चढाव रहेको बजार १.८८ अंकले बढेर १८१८.६९ को बिन्दुमा रोकिएको छ ।  
यस दिन हाइड्रोपावर र फाइनान्सको सूचक बाहेक अन्य सूचक बढेका छन् ।  सोमबार कारोबारमा आएका १ सय ४२  कम्पनीका २९  लाख कित्ता शेयर खरिद बिक्रिबाट १ अर्ब १९  करोड रुपैयाँ बराबरको कारोबार भएको छ। जसमा सनराइज बैंक लिमिटेडको मात्रै  ६ करोड रुपैया बराबरको कारोबार भएको छ। 
अन्य बढी कारोबार हुने कम्पनीहरुमा मुक्तिनाथ विकास बैंक,  प्रभु इन्स्योरेन्स लिमिटेड, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन।   सोमबारको कारोबारमा कमाउनेमा लक्ष्मी लघुवित्त वित्तीय संस्था, ललितपुर फाइनान्स, सानिमा बैंक, सगरमाथा फाइनान्स, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड का लगानीकर्ता रहका छन। 
गुमाउनेमा राप्तिभेरी विकास बैंक, सिद्दार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम १, हाम्रो विकास बैंक , माउन्ट मकालु डेभलपमेन्ट बैंक, कोस्मोस डेभलपमेन्ट बैंकका लगानीकर्ता रहेका छन ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK