×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तरुण दल नुवाकोटको जिल्ला अधिवेशन भोली,सचिवमा भिडदै छन सुमन गिरी

GLOBAL IME BANK

तरुण दल नुवाकोटको जिल्ला अधिवेशन भोली,सचिवमा भिडदै छन सुमन गिरी

२९ भाद्र २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नुवाकोट – पटक पटक स्थगीत भएको नेपाल तरुण दल नुवाकोटको निर्वाचन भोली (विहीबार) हुने तय भएको छ । उक्त अधिवेशन पार्टीका पूर्व उपसभापति गोपालमान श्रेष्ठको प्रमुख आतिथ्य र नेपाल तरुण दलका केन्द्रीय प्रतिनिधि राम रोकायाको उपस्थितीमा कभड हल नुवाकोटमा साढे दश बजेबाट सुरु हुन लागेको तरुण दलका जिल्ला सचिव पदका उम्मेद्धार सुमन गिरीले एसकाठमाडौंलाई जानकारी दिएका छन । यस अगाडि जिल्ला अधिवेशन भाद्र २२ र २३ गतेलाई टुंगो लागेर पनि हुन सकेको थिएन । 
मेरो उम्मेद्धारी के का लागि ? समतामुलक समाज निर्माणको यात्रामा होमिएका एक कर्मवीर गिरी सशक्त जुझारु र गतिशिल कांग्रेस निर्माणका अभियानमा होमिएको पन्ध्र वर्ष बितिसकेको छ । यस अगाडि नुवाकोट क्षेत्र नं. २ बाट क्षेत्रीय सभापतिको तयारी गरिरहेका थिए । तर, पार्टीका केन्द्रीय भूमिकामा रहेका नेताहरुले योगदानको कदर साहस,क्षमताका आधरमा जिल्ला सचिवमा लड्न सुझाव र सल्लाह दिएसँगै भोली हुन लागिरहेको नुवाकोट जिल्ला अधिवेशनमा सचिवको मैदानमा भीड्दैछन । 
अर्थात बुवा र अंकल उमेरकासँग जोश जाँगरले भरिएका यूवा चुनावी मैदानमा उत्रिएका छन । उनलाई जिल्लाका शीर्षस्थ नेताहरुको आर्शिवाद समेत छ । उनीहरुको सल्लाह र सुझाव बमोजिम गिरी तरुण दलको जिल्ला सचिवमा भीड्न लागेका हुन । ‘तरुण दलको माग र जिल्लाको नेताहरुको आग्रहकै आधारमा म जिल्ला सचिवमा लड्न लागेको हुँ ’ उनले भने । गिरी नेपाली कांग्रेस हल्देकालिका सम्पर्क समितिको सचिव समेत हुन । पार्टीको कर्ममा निरन्तर होमिएका गिरीले आफ्नो एजेण्डा सुनाउदै भने ‘ सबै भन्दा पहिले भद्गोल अवस्थामा रहेको नेपाल तरुण दललाई एकिकृत गर्ने, जिल्ला, क्षेत्रीय, गाँउ, वडा कमिटीहरुको विस्तार गर्ने आफ्नो पहिलो एजेण्डा रहेको गिरी सुँनाउछन । 
त्यस्तै, विभिन्न परिस्थितिले गर्दा बिदेश पालाएन भएका युवाहरुलाई बिदेशबाट स्वदेश फर्काउन पहल गर्ने र स्वदेशमै रोजगारीको वातावरण श्रृजना गर्न सरकारलाई झकझकाउने अभियानमा छन गिरी ।नेपाल सरकारले जिल्ला जिल्लामा पठाएका रकमको सदुपयोग हुन नसकेको प्रति उनी खिन्न छ । यसरी जिल्ला जिल्लामा पठाइएका रकम राजनीतिक दलका नेताहरुले बाँडीचूडी खाने परम्परा अन्त्य गर्ने आफू कम्मर कस्सेर लाग्ने गिरीको अर्काे योजना रहेको छ ।
  • एस काठमाडौँ 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: