×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेवा बैंकले सूचना लुकायो- (सञ्चालकहरु राष्ट्र बैंकको कारवाहीमा)

PRIME CA

सेवा बैंकले सूचना लुकायो- (सञ्चालकहरु राष्ट्र बैंकको कारवाहीमा)

२६ भाद्र २०७३, आईतवार

पढ्न लाग्ने समय: < ४ मिनेट

बुटवल/ सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) महेश काफ्ले सामाजिक सञ्जाल फेसबुकमा पनि सकृय छन् । दुई दिनअघि यस संवाददाताले उनको फेसबुक प्रोफाईल हेर्दा ‘फर्मर सिईओ एट सेवा विकास बैंक’ लेखेको देखियो । लामो समयदेखि उनको फेसबुक प्रोफाईलमा त्यस्तै ब्यहोरा उनले राखिराखेका रहेछन् (हेर्नुस, स्क्रिन सट) । त्यसपछी बैंकको वेबसाईट खोलेर हेरियो, त्यसमा कार्यरत सिईओको नाममा उनै काफ्ले देखिए ।
उनी विगत ८ बर्षदेखि बैंकको सिईओको रुपमा नियमित कार्यरत भए पनि उनी आफैले फर्मर सिईओ भनेर किन लेखे ? अचम्म लागेको छ । सामाजिक सञ्जालजस्तो पव्लिक फोरममा आफ्ना पद समेत सही नलेखेका उनलले कसरी काम गरिरहेका होलान ? यसबारे चासो राख्दै बैंकमा सम्पर्क गरियो । सिईओ काफ्ले सम्पर्क नभए पनि बैंक स्रोृतका अनुसार काफ्लेको सिईओ पदावधीको बिषयमा सर्वसाधारण र नियामक निकायलाई समेत सुचना लुकाएको खुलाशा भयो ।
सिईओ काफ्लेको कार्यकाल गत भदौ २ गते सकिएको रहेछ । सो कार्यकाल सकिनु एक साताअघि बसेको सन्चालक समितिको बैठकमा उनको पदावधी थप्ने वा नथप्ने विषयमा लामो विवाद भएको थियो । दुई कार्यकाल अर्थात आठ बर्ष सिईओको रुपमा काम गरिसकेका काफ्लेलाई म्याद नथप्ने र हालै सिद्धार्थ डेभलपमेन्ट बैंकस“ग गाभिएको एकता विकास बैंकको सिईओलाई ल्याउने प्रस्ताव एक पक्षले राख्यो भने अर्को पक्षले काफ्लेलाई नै एक कार्यकाल काम गर्न दिने प्रस्ताव राख्यो ।
लामो विवादपछी सहमति गर्दै काफ्लेको पदावधी जम्मा ६ महिना मात्र थप्ने र त्यसपछी अर्को सिईओ ल्याउने निर्णय भयो । काफ्ले आफै बैंकको प्रबद्र्धक पनि रहेको र उनले गरेको केही भित्री कारोवारहरु मिलाउन भन्दै जम्मा ६ महिना पदावधी थप्ने निर्णय गरिएको बैंक स्रोतको दावी छ । तर, बैंकको प्रमुख कार्यकारीको पदावधी सकिएको र नया“ कन्ट्रयाक्ट भएको बिषयमा नेपाल स्टक एक्सचेन्जलाई कुनै सुचना दिइएन । जबकी यसअघिको कार्यकाल थप्ने बिषयको सूचना नेप्सेको वेबसाईटमा आएको थियो ।
कुनै पनि नेप्सेमा सूचिकृत पव्लिक कम्पनीले यस्ता महत्वपूर्ण निणय गरेको २४ घन्टाभित्र नेप्सेलाई जानकारी दिनुपर्छ । निर्णय भएको भोलिपल्ट सेयर बजार खुल्नु एक घन्टा अगावै जानकारी दिनुपर्ने नियम छ । यसर्थ एउटा सन्चालक फेरिएको निर्णय समेत नेप्सेको वेबसाईटमार्फत सार्वजनिक हुन्छ । तर, कार्यकारी प्रमुख जस्तो ब्यवस्थापन हा“क्ने व्यक्तिको पदावधीको बिषयमा समेत सेवा बैंकले जानकारी दिन आवश्यक ठानेन । नेप्सेले पनि यसबारे कुनै चासो दिएन । जबकी यसबारे अहिलेसम्म धेरैलाई कुनै जानकारी नै छैन ।

-सञ्चालकहरु कारवाहीमा 
नेपाल राष्ट्र बैंकले सेवा विकास बैंकका सञ्चालकहरुलाई अनियमित रुपमा लिएको बिभिन्न भत्ता तथा सुविधा फिर्ता गर्न निर्देशन दिएको छ । यस्तो निर्देशन दिएको लामो वितिसक्दा पनि सञ्चालकहरुले भने सो रकम फिर्ता गरेका छैनन् ।
सेवा बैंकमा सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक काठमाडौंमा बस्छन् । बैंकको केन्द्रीय कार्यालय बुटवलमा छ । हरेक महिनाजसो हुने बैंकको बोर्ड बैठक तथा उपसमितिको बैठकमा काठमाडौंमा रहेका सन्चालकहरु जवाईजहाजमा भैरहवा हु“दै बुटवल जाने गरेका छन् । त्यसवावत उनीहरुले हवाईजहाजको आतेजाते भाडा, बैठक भत्ता र सो दिन होटलमा खाने र बस्ने खर्च समेत लिने गरेका थिए । यस हिसावले एउटा बैठकमा मात्रै बैंकको करिब एक लाखभन्दा बढी रकम खर्च हुने गरेको थियो ।
महिनाको एकपटक जस्तो बैंकको बोर्ड बैठक बस्ने गरेको, त्यसबिचमा अन्य उपसमितिहरुको पनि बैठक हुने र त्यसमा पनि सन्चालकहरु रहने भएका कारण झण्डै बार्षिक २० देखि २५ वटा बैठक हुने गरेको छ । यसमा काठमाडौं भैरहवा हजाई भाडा करिब ७ हजार रुपैंया छ । त्यसबाहेक बुटवलबाट भैरहवासम्म बैंकको गाडी लिन जाने गरेको छ । त्यसपछी उनीहरु त्यहा“को राम्रो होटलमा खाने बस्ने गर्छन र भोलिपल्ट मात्रै बैठकमा सहभागि हुन्छन । भोलिपल्ट चा“डै बैठक सकिएमा बेलुकाको फ्लाईटबाट काठमाडौं फर्कने नत्र पुन होटलमै बसी पर्सीपल्ट फर्कने गरिएको छ ।
यसरी गरिएको सबै खर्च फिर्ता गर्न राष्ट्र बैंकले निर्देशन दिएपछी सन्चालकहरु रुष्ट छन् । यस्तै प्रकृतिको खर्च अन्य बैंकमा भैरहे पनि राष्ट्र बैंकले ति बैंकमा भने कुनै कारवाही गरेको छैन । पोखरा र बुटवलका अधिकांश बैंकमा काठमाडौंका सन्चालकहरु छन् । उनीहरुले हरेक बैठकमा यस्तै सुविधा लिने गरेका छन् ।

यसरी काठमाडौंबाट हरेक बैठकमा बुटवल गएर सुविधा लिने सञ्चालकहरु कल्पना श्रेष्ठ, केशव भण्डारी र बिश्वेश्वर सुवेदी हुन् । उनीहरु तिनैजना सर्वसाधारण सेयरधनीका तर्फबाट निर्वाचित भएका हुन् । यसमध्ये श्रेष्ठ र सुवेदी विगत साढे ६ बर्षदेखि सन्चालक छन र उनीहरुले त्यहीबेला देखि नै त्यस्तो सुविधा लि“दै आइरहेका थिए भने भण्डारी विगत डेढ बर्षदेखि मात्र सन्चालक छन् । उनीहरुले हालसम्म लिएको सबै सुविधा फिर्ता गर्नुपर्ने हो भने सो रकम बीसौं लाख हुने देखिन्छ । सेवा बैंकले गत बर्षमात्रै सन्चालकहरुलाई भत्तावापत १७ लाखभन्दा बढी रकम बैंकले खर्च गरेको देखिन्छ ।



– सिईओको पनि फिर्ता
यसैबिच सिईओ महेश काफ्लेलाई बैंकको कम्पनी सचिब भएर काम गरेको बेला सन्चालक सरह भत्ता खाएको विषयमा पनि राष्ट्र बैंकले कारवाही गरेको छ । उनले एक बर्षमा तलब सुविधाबाहेक बैठक बैठकभत्ता भनेर खाएको १ लाख १० हजार रुपैंया फिर्ता गराउन राष्ट्र बैंकले निर्देशन दिएको छ । तर, उनले पनि अझै सो रकम फिर्ता गरेका छैनन् ।

यसअघि अनियमित रुपमा प्रमुख कार्यकारी अधिकृतले सञ्चय कोष वापतको रकम लिएको विषयमा पनि विवाद भएको थियो । सञ्चय कोष भनेको स्थायी कर्मचारीलाई मात्र दिईने सुविधा हो । तर, प्रमुख कार्यकारी अधिकृत करारमा नियुक्त व्यक्ति हुन् । सिईओ नियुक्तीको करार सम्झौतामा समेत सन्चय कोष लिन पाउनेसम्बन्धी कुनै व्यवस्था छैन । नियमविपरित सञ्चय कोष लिइरहेको विषयमा राष्ट्र बैंकले छानवीन गरेपछी सिईओ काफ्लेलाई सो रकम दिन बन्द गरिएको छ । तर, सञ्चय कोष कट्टा गरिए पनि सोभन्दा बढी रकम घरभाडा भन्दै दिने गरिएको समेत स्रोतले जनाएको छ ।

– पार्टी चुनावमा बैंकको खर्च
सेवा बैंकका अध्यक्ष भीमप्रसाद तुलाचन नेकपा एमालेका स्थानीय नेता हुन् । त्यस्तै बुटवल नगरपालिका पूर्व मेयर तथा एमाले नेता भोजप्रसाद श्रेष्ठ र अर्का एमाले नेता राजेन्द्र पन्थी पनि बैंक सन्चालक थिए । उनीहरु गतबर्ष एमाले महाधिबेशनमा प्रचारप्रसार र भोट हाल्न आउ“दा सबैले ९ दिनको टिएडिए खाए । यसरी सन्चालकहरलाई दैनिक भ्रमण भत्ताको रुपमा ३ हजार दिने गरिएको छ भने यसबोहक पनि उनीहरुले होटलको पबिल समेत पेश गरेर बैंकबाट रकम लिएका छन् । राष्ट्र बैंकले सन्चालकहरुले बैंकको काम नभईकनै पार्टी काममा आउ“दा समेत बैंकको स्रोतसाधन र भत्ता लिएर दुरुपयोग गरेकोमा रकम फिर्ता गर्न निर्देशन दिएको थियो ।
त्यसपछी पनि बैंक सन्चालकहरु बैंककै गाडी लिएर बैंककै खर्चमा बिजनेस प्रमोसन भन्दै भारतको नैनीताल घुम्न गउका थिए । उनीहरुले गरेको सबै खर्च पनि बैंकमै हालिर्एको छ । सो भ्रमणमा बैंकका डिजिएम हरि लम्साल समेत सहभागि थिए ।

  • सेयर बजार साप्ताहिकमा प्रकाशित
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: