×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यस्तो रहेछ विजयले शिक्षण अस्पतालको तीन तला माथिबाट हामफालेर आत्महत्या गर्नुको कारण

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

यस्तो रहेछ विजयले शिक्षण अस्पतालको तीन तला माथिबाट हामफालेर आत्महत्या गर्नुको कारण

२२ भाद्र २०७३, बुधबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम


काठमाडौँ – उनको नाम विजय, तर बाँच्ने उपाय फेला नपरेपछि जिन्दगीबाटै पराजय हुने बाटो रोजे । गरिब बाआमा र दाजुको दयनीय अवस्था देखेपछि अस्पतालमा बाँच्ने संघर्ष गर्दागर्दै परिवार, आफन्त र चिनेजानेकालाई रुवाउँदै बिदा भए । दुवै मिर्गौला फेल भएर शिक्षण अस्पतालमा उपचार गराइरहेका दोलखाका १९ वर्षका विजय खड्काले मंगलबार अस्पतालमै आत्महत्या गरेका हुन् ।
विजयको डेढ वर्षअघि मिर्गौला फेल भएको थाहा भएको हो । त्यसपछि परिवारले उनलाई डाक्टरकोमा देखाए । डाक्टरले दुवै मिर्गौला फेल भइसकेको हुनाले छिटै प्रत्यारोपण गर्न या डायलोसिस गर्न सुझाव दिए । प्रत्यारोपण गर्न तत्काल तीनदेखि चारलाख रुपैयाँ चाहिन्थ्यो । परिवार गरिब भएको हुनाले तत्काल प्रत्यारोपण गर्न सक्ने अवस्था थिएन । प्रत्यारोपण गर्नुअघि डाक्टरकै सल्लाहमा गएको वैशाख १ गतेदेखि उनको शिक्षण अस्पतालमा डायलोसिस सुरु भएको थियो ।
हप्तामा तीनपटक डायलोसिस गर्नुपर्ने हुन्थ्यो । दुईपटक निःशुल्क डायलोसिस भएपनि हप्ताको एकपटक भने घरपरिवारले नै पैसा तिर्दै आएका थिए । विजयका दाजु विनीतका अनुसार एकपटक डायलोसिस गर्दा तीन हजार रुपैयाँ तिर्नुपथ्र्यो । डायलोसिसकै लागि काठमाडौंमा डेरा गरेर बस्नुपर्ने भयो । डेरा गरेर बस्दा महिनाको झण्डै २० हजार रुपैंया खर्च हुन्थ्यो । यति धेरै रकम जुटाउने हैसियत नभएका परिवारलाई छोरोको उपचारका लागि ऋण खोज्नुपर्ने बाध्यता भयो । ऋणमाथि ऋण थपिँदै गयो ।
तर जतिसुकै ऋण लागेपनि परिवारका कोही आत्तिएका थिएनन् । ऋण लागेपनि छोरो निको भयो भने त पछि कमाई हाल्छ नि भन्ने आश थियो । ज्यानभन्दा ठूलो धन होइन भन्ने बुझेका परिवारले मिर्गौला प्रत्यारोपणको लागि पनि तयारी गर्दै थिए । आफ्नो छोरालाई मिर्गौला दिन आमा तयार हुनुहुन्थ्यो ।
तर भन्ने बित्तिकै प्रत्यारोपण गर्न सकिँदैनथियो । किनकी मिर्गौला दान गर्ने व्यक्तिको पनि स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्थ्यो । दाइ विनीतका अनुसार मिर्गौला दान गर्न तयार भएकी आमाको स्वास्थ्य परीक्षणमा पनि धेरै खर्च लाग्ने रहेछ । आमाको स्वास्थ्य परीक्षणको लागि पनि रकम जुटाउनुपर्ने भयो । एकातिर विजयको डायलोसिसको शुल्क, अर्कोतर्फ मिर्गौला दान गर्ने आमाको स्वास्थ्य परीक्षणको लागि पनि त्यति नै रकमको आवश्यकता । विजयको उपचारमा रकम थपिंदै गयो ।
आफ्नो उपचारको लागि बाआमा र दाजुले ऋण खोजेर पैसा जुटाउनुपरेको विजयलाई पनि थाहा थियो । उनको उपचारमा परिवार जति चिन्तित थियो, त्योभन्दा बढी चिन्ता चाहिँ विजयलाई परिवारमा ऋणको बोझ थपियो भन्ने भयो । त्यसपछि उनले मन थाम्न सकेनन् । मंगलबार बिहान कुर्न बसेका दाजु निदाएको मौका छोपेर उनी अस्पतालको बेडबाट उठे । अनि तीन तलामाथिको झ्यालबाट हाम फाले ।
सबैलाई थाहा छ– नेता र पहुँचवालाले हरेक वर्ष सरकारबाट करोडौं रकम उपचार खर्च भन्दै लिइरहेका छन् । आफ्नै खर्चले उपचार गर्न सम्भव भएकाहरुलाई पनि सरकारले उपचार खर्च बाँड्छ । सरकारले दिएको रकम जसरी खर्च गरे पनि भयो । त्यसैले उनीहरु स्वदेशमै हुने उपचारको लागि उनीहरु विदेश पुग्छन् । उपचार खर्च पुगेन भन्दै सरकारसँग थप सहयोग माग गर्छन् । अनि सरकारले पनि उनीहरुलाई तुरुन्तै रकम थप गर्ने निर्णय गर्छ । ‘नेता, पहुँचवाला र हुनेखानेलाई जस्तो गरिबलाई सहयोग खै ? गरीबले चाहिँ बिरामी हुँदा मर्नै पर्ने हो ।

मार्मिक सुसाइड नोट

खोजतालसकै क्रममा उनले अस्पतालको झ्यालबाट हामफाल्नु अघि लेखेको ‘सुसाइड नोट’ भेटियो । आफूमा बाँच्ने आशा मरिसकेकाले आत्महत्याको बाटो रोजेको लामाले सुसाइड नोटमा लेखेका छन् । आमालाई सम्बोधन गरेर लेखेको मर्मस्पर्शी ‘सुसाइड नोट’ यस्तो छ ।

‘ममी मलाई माफ गरिदिनुहोला । म तपाईंलाई दुःख दिन चाहन्न । त्यसैले म यो झ्यालबाट हाम फालेर आत्महत्या गर्दैछु । म मरेपछि मलाई यहाँ नजलाउनु होला । मलाई हजुरबुवा र हजुरआमा कहाँ लैजानु होला ।’ त्यसैगरी अग्रेंजीमा आफ्ना बुवालाई भनेका छन, ‘ड्याड लभ भेरी मच । अर्को जुनी लिएर भेट हुनेछ ।’
  • एस काठमाडौँ 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: