
काठमाण्डौ – तीन सरकारी संस्थान मिलेर आगामी असोज १ गतेदेखि दशैंतिहार लक्षित सुपथ मूल्यका पसल संचालन गर्ने भएका छन् ।
साल्ट ट्रेडिङ, नेशनल ट्रेडिङ र खाद्य संस्थानले संयुक्त रुपमा काठमाण्डौ उपत्यकासहित देशका विभिन्न स्थानमा यस्ता पसल संचालन गर्ने भएका हुन् ।
संस्थानका अधिकारीहरुका अनुसार सुपथ मूल्यको पसल संचालनको तयारी अन्तिम चरणमा पुगेको छ । असोज १ गतेदेखि खुल्ने सुपथ मूल्यका पसल कात्तिक २१ गतेसम्म रहने बताइएको छ ।
आपूर्ति मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीले बिजशालासँग कुरा गर्दै ठूला चाडपर्व लक्षित सुपथ मूल्यका पसलमा खाद्यान्नका आइटम रहनेछन् । विशेष गरी घ्यू, चिनी, ग्यास, चामल, फापर, नूनलगायतका चाडपर्वमा आवश्यक उपभोग्य वस्तु विशेष छुटसहित खरीद गर्न सकिने सुविधा उपलब्ध गराइनेछ ।
विगतका वर्षहरुमा समेत यी संस्थानहरुले राजधानी लगायत देशका मुख्य मुख्य स्थानमा सुपथ मूूल्य पसल संचालन गर्ने गर्थे । गत वर्ष काठमाण्डौको सिंहदरबार, सतुंगल, कोटेश्वर, जाउलाखेल, कालीमाटी लगायतका स्थानमा सुपथ मूल्य पसल संचालन गरिएको थियो ।
तीन संस्थानमध्ये उपत्यका बाहिर चाहि साल्ट ट्रेडिङले सुपथ मूल्यको पसल राख्नेछ । कुन–कुन ठाउँमा राख्ने भन्ने तय नभइसकेको र व्यवसायीसँग सल्लाह गरेर केही दिनमा ती स्थान तोकिने बताइएको छ । ‘हामीले व्यवसायीहरुसँग खाद्यान्नका आइटममा कतिसम्म छुट दिन सकिन्छ भनेर सल्लाह गरिरहेका छौ ।’ एक अधिकारीले भने–‘उहाँहरुसँग सल्लाह गरेपछि सुपथ मूल्यका पसलहरु रहने स्थान तोकिनेछ ।’
चाडपर्वको अवसरमा खाद्य संस्थानले विगतका बर्षहरुदेखि नै चामल, खसीबोका, गेडागुडीमा विशेष छुट उपलब्ध गराउने गरेको छ । यो वर्ष चामलमा प्रतिकेजी ५ रुपैयाँ, चिनीमा ५ रुपैयाँ र नुनमा २ रुपैयाँ छुट दिने तयारी भइरहेको छ ।
उता, डिडिसीले घ्यूमा प्रतिकिलोग्राम १० रुपैयाँसम्म छुटका लागि प्रक्रिया थालिसकेको छ । चाडपर्वलाई नै लक्षित गरी भारतमा मूल्य बढे पनि खाना पकाउने एलपीजी ग्यासँमा प्रति सिलिण्डर ५० रुपैयाँ छुटको निर्णय यसअघि नै भइसकेको छ ।
- बिज़शाला डट कम
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्