
- दिक्षा कट्टेल / अर्थ सरोकार डटकम
काठमाडौँ – बसन्तपुर, करिव ७० बर्षकि यी महिला र बसन्तपुरमा भेटिएकाहरुसँग मागेर जिविका चलाउने दैनिकी । आफ्नै परिचय थाहा छैन उनलाई तर उनको एउटा खास अडान उनकै ठाउँमा बसेर हेर्दा केहि अनौठो लाग्छ ।
उनीसँग मागेर जिविका चलाउनुको विकल्प छैन । राम्रोसँग हिडडुल गर्न पनि सक्दिनन् । तर अनौठो कुरा अरुले भिख दिएको खाने कुरा खान्नन उनी । आखिर किन यस्तो ? हामीले जिज्ञासा राख्न खोज्दा उनले प्रतिक्रिया दिइनन् । उनलाई लामो समयदेखि बसन्तपुरमा देखेकाहरु भन्छन्, ‘उनी माग्नु आफ्नो वाध्यता हो र पेशा हो भन्ने बुझ्छिन् । अरुले दिएको भिख खान मन लाग्दैन रे उनलाई ।
