×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लागुऔषधको अखडा ठमेल, ह्यान्डी क्राफ्ट पसलमा ‘पोलेन’

GLOBAL IME BANK
SHREE KESH

लागुऔषधको अखडा ठमेल, ह्यान्डी क्राफ्ट पसलमा ‘पोलेन’

२१ भाद्र २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – राजधानीको पर्यटकीय स्थलको रूपमा स्थापित ठमेल पछिल्लो समय लागुऔषधको अखडामा परिणत हुन थालेको छ । पर्यटकका लागि आवश्यक सामान बेचबिखन गर्न खोलिएका पसलहरू नै भित्री रूपमा लागुऔषधको धन्दा चलाउने गरेको प्रमाण फेला पर्न थालेका छन् । गत साता ठमेलस्थित सातघुम्तीमा ह्यान्डी क्राफ्ट पसलबाट ९ सय ग्राम ‘पोलेन’ नामक लागुऔषध प्रहरीले बरामत गरेको थियो । उक्त पसलका सञ्चालक सुनील क्षत्रीले ह्यान्डी क्राफ्ट पसलको आवरणमा चरेस प्रकारको एक किसिमको लागुऔषध ‘पोलेन’ बेचबिखन गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
क्षत्रीलाई महानगरीय आयुक्त कार्यालयबाट खटिएको विशेष टोलीले उक्त परिमाणको लागुऔषधसहित पक्राउ गरेको थियो ।  ठमेलमा व्यापार गर्ने नाममा होटल, रेस्टुरेन्ट, लाइफब्याड, ह्यान्डि क्राफ्ट पसल, डिस्को जस्ता जहाँ विषेश गरी विदेशी पर्यटकको जमघट हुन्छ, त्यहाँबाट लागुऔषधको कारोबार हुने गरेको प्रहरीको दाबी छ । यसअघि प्रहरीले रेस्टुरेन्टमा गमला राखी गाँजाको खेती गर्ने आधा दर्जन रेस्टुरेन्ट व्यवसायीलाई कारबाहीको दायरामा ल्याइसकेको छ । लैनचौर प्रहरी वृत्तमा डिएसपी सोमेन्द्रसिंह राठौरको आगमनसँगै ठमेललाई लक्षित गरी ल्याइएको ७ किलो चरेससमेत बरामत गर्न प्रहरी सफल भएको छ । दैनिकजसो ठमेलमा एक किलोको हाराहारीमा चरेस कारोबार हुने गरेको प्रहरी अनुसन्धानबाट खुलासा भएको छ । प्रायः ठमेलमा धादिङ र मकानपुरबाट चरेस भित्रिने गरेको डिएसपी राठौरले बताए ।
अन्तर्राष्ट्रिय जगत्मा नेपालको चरेसको मागसमेत बढी भएको कारण नेपाल आउने पर्यटकहरूले चरेसको खोजी बढी गर्ने कारण ठमेलमा यसको कारोबार बढेको डिएसपीको राठौरको बुझाइ छ । पर्यटकदेखि लागुऔषधको सिकार बनेका नेपाली युवाले समेत ठमेलबाट लागुऔषध खरिद गर्ने गरेको पुष्टि हुदै आएको छ । दुई साताअघि लागुऔषधको कारोबार गर्ने गरेको अभियोगमा फेवा दोहोरीको सञ्चालक पक्राउ परेका थिए । दोहोरीका सञ्चालक सेते भन्ने दिनेश गुरुङलाई लागुऔषध नियन्त्रण ब्युरोको टोलीले पक्राउ गरेको थियो ।
ठमेलमा दोहोरी सञ्चालन गर्न बहानामा सेतेले धादिङमा उत्पादित हुने चरेस ठमेलदेखि थाइल्यान्डसम्म पु¥याउने तथा थाइल्यान्डबाट मनोप्रदिक लागुऔषध नेपाल भित्र्याउने गरेको प्रमाण फेला परेपछि दुई साता अगाडि नियन्त्रणमा लिएको हो । हाल सेते मुद्दा पुर्पक्षका लागि कारागार कार्यालय भद्रगोल डिल्लीबजारमा छन् । सेतेले चरेस बोकाएर भरियाको रूपमा थाइल्यान्ड पठाएको दुई महिलासमेत थाइल्यान्ड जेलमा रहेको सूचना पाएपछि प्रहरीले यस विषयमा समेत अनुसन्धान सुरु गरेको छ ।
  • जनप्रहार साप्ताहिक 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: