×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टीकापुर घटनालाई लिएर सांसदहरुबीच चर्काचर्की

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

टीकापुर घटनालाई लिएर सांसदहरुबीच चर्काचर्की

Artha Sarokar

२० भाद्र २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ – शून्य समयमा बोल्ने सांसद हर्कबोल राईले टिकापुर घटनामा संलग्नलाई उन्मुक्ति दिने तयारी भएको भन्दै प्रश्न उठाएपछि संसदको बैठकमा सोमबार कैलालीको टीकापुर घटनालाई लिएर सांसदहरुबीच चर्काचर्की भएको छ ।
टीकापुर घटनाका जघन्य अपराधीलाई कारवाहीको साटो उन्मुक्ति दिने तयारी भइरहेको भन्दै यसबारे जानकारीका लागि रुलिङको माग राईले गरेका थिए ।
राईले बोले लगत्तै मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका योगेन्द्र चौधरीले नियमापत्ति गरे । उनको प्रश्न थियो– ’उहाँ को हुनुहुन्छ जघन्य अपराधी भन्ने ?’
उनले घटना अदालतमा विचाराधीन रहेको र छानविन भइरहेको भन्दै रेकर्डबाट हटाउन माग गरे । तर सभामुख ओनसरी घर्तीले विषयमा आफ्नो ’ध्यानाकर्षण भएको’ टिप्पणी गरिन् ।
भर्खर बोल्ने माननीयले कुन नियमको आधारमा नियमापत्ति गर्नुभयो । सभामुखले कुन आधारमा समय दिनुभयो ? भन्दै एमालेका सांसद चुडामणि बिक जंगलीले लगत्तै नियमापत्ति गरे ।
यता सभामुख ओनसरी घर्तीले टीकापुर घटनाको बहसलाई थाती राखेर संसद बैठक अगाडि बढाइन् ।
नेकपा एमाले र माओवादीको गठबन्धन टुटेर नयाँ सत्ता समीकरण हुँदा टीकापुर घटनामा समातिएकालाई छाड्ने विषय पनि समेटिएको छ ।

गत वर्ष भदौ ७ गते टीकापुरमा थारुहरुको आन्दोलनमा अञ्चल प्रहरी प्रमुख र एक बालक सहित ८ सुरक्षाकर्मीको मृत्यु भएको थियो ।आन्दोलनकारीले घरेलु हतियारले हत्या गरेको अभियोग छ । त्यसपछि हत्यामा संलग्न रहेको भन्दै पटकपटक गरी २६ जना पक्राउ परेका थिए । पक्राउ परेका सबैलाई थारु र मधेसवादी दलका नेताहरुले निर्दोष भएको दावी गर्दै आएका छन् ।

  • नेपाल आज 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी