×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

त्रि.वि द्धारा सञ्चालित विभिन्न संकायका परिक्षाफल प्रकाशन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

त्रि.वि द्धारा सञ्चालित विभिन्न संकायका परिक्षाफल प्रकाशन

२७ भाद्र २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ – त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७२ साल माघमा सञ्चालित मानविकी तथा सामाजिकशात्र संकायतर्फ स्नातकोत्तर तह दोस्रो वर्षको इतिहास विषय (सोधपत्र बाहेक) को परीक्षाको परीक्षाफल आइतबार प्रकाशित गरिएको छ ।

यस्तै त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७२ साल माघमा सञ्चालित मानविकी तथा सामाजिकशात्र संकायतर्फ (खरीपाटी) स्नातक तह तीन वर्षे बीए दोस्रो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ ।
यसैगरी त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७३ सालमा सञ्चालित कानून संकायतर्फ २०७२ साल साउनमा भर्ना भएका एलएलबी प्रथम वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ ।उक्त परीक्षाहरुको परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np  मा हेर्न सकिने छ भने नेपाल टेलिकमको १६०२ नम्बरमा डायल गरी तथा ४९४९ मा म्यासेज गरेर पनि थाहा पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी