×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बजार अझै घट्ने संकेत, इण्डेक्ससँगै टर्नओभरमा पनि करेक्सन

PRIME CA
GLOBAL IME BANK

बजार अझै घट्ने संकेत, इण्डेक्ससँगै टर्नओभरमा पनि करेक्सन

२२ भाद्र २०७३, बुधबार

पढ्न लाग्ने समय: < २ मिनेट


काठमाण्डौ – मंगलबारदेखि ओरालो लाग्न थालेको पूँजीबजारमा बुधबार दोहोरो अंकको गिरावटसँगै कारोबार रकम(टर्नओभर) पनि घटेको छ । विश्लेषकहरुले इण्डेक्ससँगै कारोबार रकम पनि कम हुँदै जानुलाई आगामी दिनमा ‘बजार अझ तल जाने संकेत’ भनेका छन् । 
९.९७ अंकको गिरावट भई नेप्से परिसूचक १८२४.८३ अंकमा झरेको छ भने कारोबार रकम पनि मंगलबार भन्दा १६ करोड भन्दा बढीले घटेको छ । 
आइतबार र सोमबार बजारलाई माथि उठाइरहेका वाणिज्य बैंक, बिकास बैंक र बित्त समूहमा बुधबार रातो पोतिएको छ । वाणिज्य बैंकको लाभांशपछि सेयर बिक्री गरी प्रोफिट बुक गराउनेको संख्या बढेका कारण लगानीकर्ता बुधबार भने बिमा कम्पनीतर्फ मोडिएका देखिएको छ । कमाउनेमा पनि बिमा कम्पनीहरु नै अगाडि देखिएका छन् । 
वाणिज्य बैंक २०.६८ अंकले घटेको छ भने विकास बैंक र बित्त समूह क्रमशः ५.४४ र ०.३७ अंकले तल झरेको छ । 
जलविद्युत समूहमा ५.९९ र उत्पादनमूलकमा ७.७ अंकको गिरावट देखिएको छ । 
तीनवटा समूह भने उक्लिएका छन् । बिमा समूह ९४.३३ अंकले उभो लागेको छ भने होटल समूह र अन्य समूहमा क्रमशः २.१६ र ०.५८ अंकको बढोत्तरी भएकोछ । 
‘क’ वर्गको कम्पनीको कारोबार कम भएका कारण सेन्सेटिभ इण्डेक्स २.५१ अंकले तल झरेको छ । फ्लोट इण्डेक्समा पनि ०.७७ अंकको गिरावट देखिएको छ । 
मंगलबार १ अर्ब ८५ करोडको सेयर कारोबार भएकोमा बुधबार सो पनि घटेर १ अर्ब ६५ करोडमा झरेको छ । बुधबार १ सय ४५ कम्पनीका कुल २९ लाख ३१ हजार ९ सय ८४ कित्ता सेयर किनबेच भयो । 
धेरै कारोबार गर्नेहरु
वाणिज्य बैंक समूह १.१७ प्रतिशतले तल झरे पनि सेयर र नगद लाभांश घोषणा गरेको नवील बैंकले सबैभन्दा धेरै काराबो गर्यो । यो बैंकको कुल १३ करोड ५२ लाखको सेयर किनबेच भयो । 
धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा दोश्रो स्थान लुम्बिनी जनरल इन्स्योरेन्सले कब्जा गर्यो । यो कम्पनीको कुल ११ करोड ९६ लाखको सेयर किनबेच भयो । 
नबील बैंककै ८ करोड ४३ लाख बराबरको प्रोमोटर सेयरको समेत किनबेच भयो भने नेपाल बंगलादेश बैंकले बुधबार पनि ७ करोड ५२ लाखको सेयर कारोबार गर्यो । 
प्रभू इन्स्योरेन्सले ७ करोड ५१ लाख, एभरेष्ट बैंकले ७ करोड ३५ लाख, सनराइज बैंकले ७ करोड १७ लाख, कृषि विकास बैंकले ६ करोड ५४ लाखको कारोबार गरे । एनएलजी इन्स्योरेन्सले ४ करोड ८२ लाखको कारोबार गर्दा यूनाइटेड इन्स्योरेन्सको ४ करोड १८ लाख बराबरको सेयर किनबेच भयो । 
धेरै कमाउने र गुमाउनेहरु
बुधबार कमाउनेको सूचिमा बिमा कम्पनीहरु अगाडि रहे । तर सबैभन्दा धेरै चाहि रिलायवल माइक्रोफाइनान्सले कमायो । यो कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतको वृद्धि भयो । लुम्बिनी जनरल इन्स्योरेन्सका लगानीकर्ता पनि मालामाल भयो । यो कम्पनीको सेयर मूल्यमा ६.७३ प्रतिशतको बढोत्तरी भयो । यस्तै, यति डेभलपमेन्ट बैंकको सेयर मूल्य ६.६१ प्रतिशतले बढ्यो । प्रभू इन्स्योरेन्सका लगानीकर्ताले ६.२९ प्रतिशतले सम्पत्ति बढाए भने प्रूडेन्सियल इन्स्योरेन्सको सेयर मूल्य पनि ४.७० प्रतिशतले वृद्धि भयो । किसान माइक्रो फाइनान्स र नेपाल इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा क्रमशः ४.३५ र ४.०८ प्रतिशतको बढोत्तरी भयो । 
बुधबार अपेक्षा भन्दा थोरै लाभांश घोषणा गरेको सानिमा बैंकको सेयरमा खासै आकर्षण देखिएन । यो कम्पनीको सेयर मूल्य लाभांश घोषणा गरेकै दिन घट्न पुगेको छ । सानिमा बैंकको सेयर मूल्य करिब ४ प्रतिशतले घटेको छ । 
बुधबार सबैभन्दा धेरै रिदी हाइड्रोपावरका सेयरधनीले गुमाउनुपरेको छ । यो कम्पनीको सेयर मूल्यमा ६.४३ प्रतिशतले पहिरो गएको छ । नेपाल लाइफ इन्स्योरेन्सको प्रोमोटर सेयरको मूल्य पनि ६ प्रतिशतको हाराहारीमा घट्न पुगेको छ । मनास्लु विकास बैंक लिमीटेड, कन्काई विकास बैंक, लक्ष्मी बैंक र कावेली विकास बैंकको सेयर मूल्यमा ३ प्रतिशत भन्दा बढीले गिरावट आयो । 
  • बिज़शाला डट कम 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: