×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उदार तानाशाह बन्न प्रधानमन्त्रीको मन्त्री र सचिवहरुलाई निर्देशन

GLOBAL IME BANK

उदार तानाशाह बन्न प्रधानमन्त्रीको मन्त्री र सचिवहरुलाई निर्देशन

२२ भाद्र २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीयता कार्यान्वयनका लागि उदार तानाशाह बन्न मन्त्री र सचिवहरूलाई निर्देशन दिएका छन् ।
उच्चस्तरीय संघीयता कार्यान्वयन तथा पुनर्संरचना निर्देशक समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकमा प्रचण्डले १९ महिनाभित्र स्थानीय तह, प्रदेश र केन्द्रीय प्रतिनिधि सभाको निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था रहेका कारण संघीयता कार्यान्वयनमा कठोर बन्न निर्देशन दिएका हुन् ।

संविधान कार्यान्वयन नभए मुलुक राजनीतिक र संवैधानिक संकटमा पुग्ने खतरा रहेको औंल्याउँदै प्रधानमन्त्रीले मन्त्री र सचिवलाई एकै ठाउँमा राखेर यस्तो निर्देशन दिएका हुन् । मधेस केन्द्रित दलका नेताहरुले प्रदेश सीमाकंनमा असन्तुष्टि जनाइरहेका बेला प्रधानमन्त्री प्रचण्डले सात प्रदेशलाई नेपाली विशेषताको संघीय मोडलको संज्ञा दिएका छन् ।

उनले संघीयता कार्यान्वयन गर्न जुनसुकै स्तरको कदम चाल्न पनि तयार रहन सबैमा आग्रह गरे । ‘मैले भन्ने गरेको छु, वेनोभोलेन्ट डिक्टेटर’ कठोर नभई संघीयता कार्यान्वयन गर्न सजिलो छैन । नयाँ संरचनामा जाने काम जटिल र चोनैतीपूर्ण छैन । कठिन छ, त्यसैले निर्ममतापूर्वक अगाडि नबढी संघीयता कार्यान्वयन गर्न सकिँदैन ।’

  • अन्नपूर्ण पोस्ट

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: