×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धर्नामा बसिरहेका बहिर्गमित पुर्व लडाकुहरूलार्इ युएनका कर्मचारीले गिरफ्तार गर्न लगाएपछि

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

धर्नामा बसिरहेका बहिर्गमित पुर्व लडाकुहरूलार्इ युएनका कर्मचारीले गिरफ्तार गर्न लगाएपछि

Artha Sarokar

२७ भाद्र २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडाैँ – बहिर्गमित जनमुक्ति सेनामाथि युएनका कर्मचारीले अमानविय व्यवहार गरेका छन् । शान्तिपूर्ण धर्नामा बसिरहेकाे अवस्थामा प्रहरी बाेलाएर युएनका कर्मचारीले ५० जना पक्राउ गराएका छन् । अयाेग्यकाे बिल्ला खारेज, जनयुद्धमा खेलेकाे भूमिकाकाे सम्मान र पुनर्स्थापन, सर्वाेच्च अदालतकाे अादेश खारेजीलगायतका मागसहित धर्नामा बसेका बहिर्गमित जनमुक्ति सेनाका नेता-कार्यकर्तालाई युएनका कर्मचारीले प्रहरीले बाेलाएर पक्राउ गर्न लगाएका हुन् ।
विराेधका कार्यक्रम अनुसार ललितपुरकाे पुल्चाेकस्थित युएनकाे कार्यालय अगाडि धर्नामा बसेकाे अवस्थामा उनीहरुलाई प्रहरीले गिरफ्तार गरेकाे बहिर्गमित जनमुक्ति सेनाका अध्यक्ष अर्जुन बुढाथाेकीले जानकार दिए । ‘हामी शान्तिपूर्ण धर्नामा बसेका थियाैँ । प्रहरीले गिरफ्तार गरेर लगेकाे छ । प्रहरी प्रशासनकाे रवैया यस्ताे नै हुने हाे भने हामीले पनि त्यही अनुसारकाे कार्यक्रम ल्याउन बाध्य हुनेछाैँ’ बुढाथाेकीले  भने । उनले अाफूहरु मर्यादित रुपमा धर्नामा बसेकाे तर यूएनका कर्मचारीले अमानविय व्यवहार गरेर प्रहरी बाेलाएकाे बताए ।
केन्द्रीय संर्घष समितिका इन्चार्ज लालचन्द्र बिक लगाएत गिरफ्तार सबैलाई जावलाखेलस्थित प्रहरी परिसरमा राखिएको जानकारी दिए । कार्यक्रममा माअाेवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य मणि थापा र केन्द्रीय सदस्य प्रकाश राेकाया पनि थिए । अाेली नेतृत्वकाे सरकारले बजेटमार्फत बहिर्गमित जनमुक्ति सेनाका सदस्यलाई प्रतिव्यक्ति दुई लाख रुपैयाँ दिने घाेषणा गरेकाे थियाे तर सर्वाेच्च अदालतले नदिन अन्तरिम अादेश गरेकाे छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी