×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उत्तर कोरियातर्फ अमेरिकी दुई विमान उडे

GLOBAL IME BANK

उत्तर कोरियातर्फ अमेरिकी दुई विमान उडे

२८ भाद्र २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


एजेन्सी — उत्तर कोरियाले परमाणु परीक्षणलाई निरन्तरता दिएपछि अमेरिकाले त्यसको कडा जवाफ दिने तयारी गरेको छ ।
परमाणु परीक्षणलाई उत्तर कोरियाले निरन्तरता दिएको भन्दै अमेरिकी वायु सेनाका दुई बम बर्षक विमान उत्तर कोरियातर्फ उडेका छन् । उत्तर कोरियाविरुद्ध पहिलो पटक अमेरिकी बम बर्षक विमान उडेका हुन् ।
उत्तर कोरियाका मामलाका अमेरिकी विशेष प्रतिनिधि सुग किमले अमेरिकाले उत्तर कोरियाविरुद्ध कडा प्रतिवाद गर्ने तयारी गरिरहेको खुलासा गरेका छन् ।  उत्तर कोरियाले परमाणु परीक्षणको शृङ्खला अन्तर्गत पाँचौ परमाणु परीक्षण गर्ने तयारी गरिराखेका बेला अमेरिकाले चालेको कदमलाई अन्तराष्ट्रिय जगतमा महत्वका साथ हेरिएको छ ।
गत शुक्रबार मात्र उत्तर कोरियाले पुङग्येरीस्थित आफ्नो प्रमुख आणविक परीक्षण केन्द्रबाट गरेको पारमाणविक शक्ति परीक्षले ५.३ म्याग्निच्यूडको कृत्रिम भूकम्प महसुस भएको थियो । उत्तर कोरियाले यस अघि सन् २००६, ००९, २०१३ र यसै वर्षको जनवरीमा गरी चारवटा शक्तिशाली परमाणु बम परीक्षण गरिसकेको छ ।
अमेरिकाले भने उत्तर कोरियाको परमाणु परीक्षण विरुद्ध अन्तराष्ट्रिय जगत एकजुट हुनुपर्ने बताएको छ। अमेरिकी विशेष प्रतिनिधि किमका अनुसार अमेरिका उत्तर कोरियासँग सार्थक छलफल गर्न समेत सदैव तयार छ ।
उत्तर कोरियाको परमाणु परीक्षणविरुद्ध दक्षिण कोरियाले समेत पटकपटक चेतावनी दिइराखेको छ ।उत्तर कोरियातर्फ उडे
उत्तर कोरियाले परमाणु परीक्षणलाई निरन्तरता दिएपछि अमेरिकाले त्यसको कडा जवाफ दिने तयारी गरेको छ ।
परमाणु परीक्षणलाई उत्तर कोरियाले निरन्तरता दिएको भन्दै अमेरिकी वायु सेनाका दुई बम बर्षक विमान उत्तर कोरियातर्फ उडेका छन् । उत्तर कोरियाविरुद्ध पहिलो पटक अमेरिकी बम बर्षक विमान उडेका हुन् ।
उत्तर कोरियाका मामलाका अमेरिकी विशेष प्रतिनिधि सुग किमले अमेरिकाले उत्तर कोरियाविरुद्ध कडा प्रतिवाद गर्ने तयारी गरिरहेको खुलासा गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: