
काठमाडौँ – नेपालमा रहेका आफ्ना ४० लाख भन्दा बढी ग्राहकका लागि अफर स्वरुप भाइबरले नेपालबाट ५२ देशमा निशुल्क फोन गर्न सकिने व्यवस्था गरेको छ । मंगलबारदेखि लागु हुने कम्पनीले ल्याएको यो अफरबाट विश्वका ५२ देशमा कल गर्न सकिने छ ।यो अफर आउँदो असोज ३ गतेसम्म हरेक दिन राती ८ देखि १० बजेसम्मका लागि लागु हुने कम्पनीले जनाएको छ ।
मंगलबारदेखि आरम्भ हुने यो अफरको उपभोग नेपाली प्रयोगकर्ताले कुनै पनि आइओएस, एण्ड्रोइड र विण्डोज स्मार्टफोन वा विण्डोज पिसी वा म्याकबाट विश्वभरका ल्याण्डलाइन नम्बर र मोबाइलमा कल गर्न सकिने छ ।
यस योजना अन्तर्गत नेपाली फोन नम्बर दर्ता गरेका भाइबर प्रयोगकर्ताले भाइबर आउट प्रयोग गर्दै कुनै पनि राष्ट्रिय वा अन्तर्राष्ट्रिय ल्याण्ड लाइन वा भाइबर बाहेकका अन्य फोन नम्बरमा सिधै फोन कल गर्न सक्ने भएका छन् ।
विश्वभरमा साढे सात करोड भन्दा बढी भाइबर प्रयोगकर्ता भएता पनि भाइबरले नेपाललाई मात्र लक्षित गरेर यस्तो योजना ल्याएको हो ।नेपालमा भाइबरको उपस्थिति अत्यन्त बलियो हुनुको कारण पनि नेपाललाई लक्षित गरि यस्तो योजना ल्याइएको कम्पनीले जनाएको छ ।
नेपालको जनसंख्याको अत्त्याधिक संख्या वैदेशिक रोजगार अथवा अध्ययनको सिलसिलामा विदेशमा रहेको सन्दर्भमा भाइबर आउटले शुल्कको चिन्ता नलिई अानन्दले कुरा गर्ने अवसर नेपालीलाई प्रदान गरेको भाइबर साउथ एशियाका क्षेत्रीय प्रमुख अनुभव नैयरले जानकारी दिए।
नेपालमा नेपाली भाषाका स्टिकरको बढ्दो लोकप्रियतालाई दृष्टिगत गरेर भाइबरले आउँदा दिनमा नेपाली प्रयोगकर्ता सामू अझै आकर्षक सेवा एवम् सुविधा उपलब्ध गराउने जनाएको छ ।भाइबरले आफ्ना प्रयोगकर्ताको व्यस्तता र एकाग्रतालाई ध्यानमा राखेर हालैमात्र च्याट र भ्वाइस कलका साथै अन्जान च्याटमा विकल्प सहितको व्यवस्था समेत गरेको छ ।
- एसियन समाचार
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्