
काठमाण्डौ – प्रविधिको तीव्र विकाससँगै मानिसलाई नयाँ नयाँ सुविधा प्राप्त भइरहेका छन् । पहिलो विदेशमा फोन गर्दा नै महंगो पैसा तिर्नुपर्ने अवस्था अहिले छैन । भाइबर, स्काइप, फेसबुक लगायतले निःशुल्क कलको सुविधा दिन थालेका छन् । पछिल्लो समय भाइबरले निःशुल्क कलको सुविधा ल्याएपछि अन्य प्रतिस्पर्धी कम्पनीले यस्ता सुविधा दिन थालेका छन् ।
यही क्रममा नेपालमा समेत बिस्तार भएको भाइबरले दुई साताका लागि संसारको ५१ देशमा राति २ घन्टा निःशुल्क फोन गर्न सक्ने सुविधा दिएको छ ।
भाइबर आउटबाट संसारको ५२ देशको ल्याण्डलाइन वा मोबाइल फोनमा राति ८ बजेदेखि १० बजे सम्म निःशुल्क कल गर्न सकिने बताइएको छ । यो सुविधा सेप्टेम्बर १९ (असोज ३ गते)सम्म लागू हुनेछ ।
भाइबरका अनुसार यसका लागि कल गर्न चाहेको व्यक्तिको नम्वर थिचेर भाइबर आउट कललाई छनौट गर्नुपर्नेछ । तर, देशको कोड भने सही थिच्नुपर्छ ।
यी देशमा निःशुल्क फोन गर्न सकिने
भाइबरले बेलायत, अमेरिका, मलेशिया, साउदी अरेयिबा, कतार, जापान, कुवेत, भारत, बहाराइन, बाङ्गलादेश,क्यानडा, बेल्जियम, अस्ट्रेलिया, भुटान, ब्रुनेइ, कम्बोडिया, चीन, साइप्रस, डेन्मार्क, फीनल्याण्ड, फ्रान्स, जर्मनी, हङकङ, इन्डोनेसिया, आयरल्याण्ड, इज्रायल, इटाली, लावोस, लेबनन, मकाउ, नेदरल्याण्ड, न्यू जिल्याण्ड, नर्वे, पाकिस्तान, फिलीपिन्स, पोल्याण्ड, पोर्चुगल, रुस, सिङ्गापुर, दक्षिण कोरिया, स्पेन, श्रीलङ्का, स्विडेन, स्विजरल्याण्ड, टाइवान, टाजिकिस्थान, थाइल्याण्ड, टर्की लगायतका देशमा निःशुल्क रुपमा कल गर्न सकिने सुविधा दिएको हो ।
- बिज़शाला डट कम
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्