×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फेसबुकमा नयाँ भाइरसले नेपाली प्रयोगकर्ता तनावमा ! यसरी गर्न सकिन्छ समाधान

GLOBAL IME BANK

फेसबुकमा नयाँ भाइरसले नेपाली प्रयोगकर्ता तनावमा ! यसरी गर्न सकिन्छ समाधान

२७ भाद्र २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – कसैले तपाईंको फेसबुक वालमा भिडियो लिंक सेयर गरेको छ ? यदी छ भने के होला भनेर त्यसलाई क्लिक नगर्नुहोला । साथीलाई गाली पनि नगर्नुहोला । यो फेसबुकमा भेटिएको नयाँ भाइरस हो, जसलाई ह्याकरहरुले विशेषगरी नेपाली प्रयोगकर्ताहरुको फेसबुकमा पठाईदिएका छन् ।  
यसबाट जोगिन आफ्नो टाइमलाइनलाइ केहि समयका लागि अफ गर्ने र पासवर्ड परिवर्तन गर्नुपर्ने प्रविधिविज्ञहरुको सुझाव छ । हिजो बेलुकादेखि नेपाली प्रयोगकर्ताको फेसबुकमा यस्तो भाइरस पसेक हो ।  ‘यो ह्याकरहरुको काम हो । र यसले नेपाली प्रयोगकर्ताहरुलाई टार्गेटमा राखेको छ । सुरुमा आफ्नो टाइमलाइन अफ गर्नुहोस् । पासवर्ड परिवर्तन गर्नुहोस् । अरु साथीहरुलाई यसबारे खबर गर्नुहोस् ।’ प्रविधिका जानकार सुरेश केसीले अर्थ सरोकार डटकमसँग भने ।    

बिगतमा यस्ता केहि भाइरसले नेपाली प्रयोगकर्तालाइ दुख दिएको थियो ।   केहि महिना अघि आफैं अश्लील तस्विर पोष्ट हुने, ट्याग हुने जस्ता समस्या देखिएका थिए । यसबारे फेसबुकमा सेमत थुप्रै रिपोर्ट परिसकेको हुनाले छिट्टै नै यो समस्या समाधान हुने प्रविधिका जानकारहरु बताउँछन् ।  

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: