×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नीति विपरित भन्दै प्रचण्डको निर्देशन वाइसिएलद्वारा इन्कार, नेतृत्वको विवादलाई लिएर वाइसिएलमा भिन्दा भिन्दै बैठक

GLOBAL IME BANK

नीति विपरित भन्दै प्रचण्डको निर्देशन वाइसिएलद्वारा इन्कार, नेतृत्वको विवादलाई लिएर वाइसिएलमा भिन्दा भिन्दै बैठक

२७ भाद्र २०७३, सोमबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम


काठमाडौँ – पार्टी अध्यक्ष प्रचण्डलगायतका नेताहरुले नीति विपरित अध्यक्ष तोकेको भन्दै नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल) मा असन्तुटि बढेको छ । नीति विपरित नेतृत्व तोकिए भन्दै तत्कालिन एकीकृत नेकपा माओवादी सम्बद्ध वाइसिएलको भिन्दै बैठक आज बस्दैछ । पेरिसडाँडामा बस्ने बैठकले संस्थागत रुपमै पार्टी नेतृत्वलाई निर्णय सच्चाउन अपिल गर्ने वाइसिएलका नेताहरुले बताएका छन् ।
पार्टी एकीकरणका बेला वाइसिएलको नेतृत्व रामबहादुर थापा पक्षधरले लिने सहमति भएको थियो । सोही अनुसार थापा पक्षका नेपबहादुर कुँवरलाई अध्यक्ष बनाउने नेताहरुका बीचमा सहमति भयो । कुँवरको उमेर ४८ बर्ष भइसकेको र पार्टी तथा देशको युवा नीति अनुसार उनी युवा उमेरभित्र नपर्ने भन्दै तत्कालिन एकीकृत माओवादी पक्षको वाइसिएलले विरोध जनाउँदै आएको छ ।
पार्टी एकता भएको ४ महिना बितिसक्दापनि माओवादी केन्द्रको सबैभन्दा शक्तिशाली भातृ संगठन ठानिएको वाइसिएल एकीकृत हुन सकेको छैन । एकीकरण हुंन नसक्नुको मुख्य कारण होः नेतृत्वको विवाद । पार्टी अध्यक्ष एंव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरुले पार्टीको निर्णय भन्दै नेतृत्व स्विकार्न दबाब दिंदै आएका छन् । नीतिभन्दा ठूलो अरु केही नहुंने भन्दै युवाहरुले नेतृत्व स्विकार गर्न अस्विकार गरेका हुंन् । पार्टी नेता र वाइसिएलका नेताका बीचमा कुरा नमिलेपछि एकीकरण प्रक्रिया टर्दै आएको छ ।
यसैबीच तत्कालिन एकीकृत माओवादीसम्बद्ध वाइसिएलको पदाधिकारीको विस्तारित बैठक आज बस्दैछ । उपाध्यक्ष शिव फुयाँलका अनुसार आजको बैठकले वाइसिएलको आधिकारिक धाराणा तय गर्ने बताए । उनले भने, ‘नीति भन्दा माथि कोही हुँदैन । हिजोसम्म हामीले नेताहरुलाई यही कुरा भन्यौँ, सुनिएन । आजको बैठकले यसलाई आधिकारिक धारणा बनाउँनेछ ।’
वाइसिएलका महासचिव रामप्रसाद सापकोटाले आजको बैठकमा बिधि स्थापित गर्ने बारेमा केन्द्रीत रहेको जनाए । ‘व्यक्ति को अध्यक्ष बन्ने भन्ने विषय होइन । नेपबहादुरजी आफैंमा सक्षम र इमान्दार योद्धा हो । नेपबहादुर, आरसी शर्मा (हाल अध्यक्ष), वा अरु को भन्ने हाम्रो बहश हुँदै होइन । संगठनलाई कस्तो बनाउँने भन्ने हो । पार्टी र देशको युवा नीति, हाम्रो संगठनको आफ्नै नीति स्थापित गर्ने विषयमा छलफल हुँनेछ ।’ सापकोटाले भने ।
देशैभरबाट पदाधिकारी, प्रदेश संयोजक र सहसंयोजक, विभाग संयोजक गरी ६० को हाराहारीमा सहभागिता रहने उपाध्यक्ष फुँयालले जनाएका छन् । बैठकमा पार्टी सचिव बर्षमान पुन, युवा फाँट इन्चार्ज मणि थापा र यसअघिका इन्जार्च एंव प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणि खनाल (बलदेब) समेत उपस्थित हुंने बताइएको छ ।
वाइसियलका उपाध्यक्ष फुयाँलले भने, ‘हामी व्यक्ति को हुंने भन्ने विवाद गरिरहेका छैनौं । नीतिविरोधी हैकमवादी प्रवृत्तिका विरुद्धमा लडिरहेका छौँ । युवा हुंनुका नाताले हामी नीतिका पक्षमा अन्तिम समयसम्म लडिरहने छौँ ।’
स्रोतका अनुसार यसअघि पार्टी अध्यक्ष प्रचण्ड र युवा फाँट इन्चार्ज थापासँग वाइसिएलको पदाधिकारी टिमले सवालजवाफ गरेको थियो । थापासँग वाइसिएल पदाधिकारी टिमको भनाभनसमेत भएको बताइएको छ । ‘नेताहरुको निर्णय जसरी पनि मान्नुपर्ने भन्दै थापाले बिषय बस्तु राखेपछि हामीले नेता नचिन्ने, नीति चिन्ने भन्दै प्रतिवाद गरेका थियौँ ।’ बैठकमा सहभागी एक पदाधिकारीले नेपाल आजसँगको कुराकानीमा भने, ‘नेताहरुले आफु अनुकुल निर्णय गर्दा संगठन पंगु बन्ने भयो । बचाउँनलाई बिद्रोह गरेका हौँ । आजको बैठकले हाम्रो आवाजलाई संस्थागत गर्नेछ ।’

यसअघि वाइसिएलले दोहोरो जिम्मेवारीमा रहेकाले कुनै एक जिम्मेवारीमात्र रोज्नुपर्ने, उमेर हदभन्दा माथिका स्वतः संगठनबाट बाहिरिनेलगायतका निर्णय गरेको थियो । सोही निर्णय र विधिका आधारमा ५०० को संख्यामा रहेको केन्द्रीय समिति १५१ मा ल्याइएको थियो । तत्कालिन नेकपा माआवादी पक्षको वाइसिएलले नेपबहादुरलाई नेता मान्न अस्विकार गरेपछि रामबहादुर थापा पक्ष वाइसिएल पनि बैठकको तयारीमा रहेको बुझिएको छ ।
  • नेपाल आज 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: