
काठमाडौँ – स्वास्थ्य परीक्षणको लागि बैंकक गएका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार स्वदेश फर्केका छन् । नेपाल फर्किए लगत्तै उनले सविधान संसोधनबारे आफ्नो पुरानो अडान दोहोर्याएका छन् ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले कसैले गर भन्दैमा संविधान संशोधन हुने होइन भन्दै लहड र वहकावमा संविधानमा फेरबदल नहुने बताए । उनले संविधान संशोधनको आवश्यकता, औचित्य र कारणबारे सरकार नै स्पष्ट नरहेको बताउँदै भने सरकारले संशोधन गर्नुपर्ने औचित्य र कारण स्पष्ट पार्नु पार्ने माग राखे ।
उनले आफू अब स्वस्थ भएर फर्किएकाले देश र जनताको काम गर्दै संविधान कार्यान्वयनमा लागिपर्ने पनि बताए ।
फरक प्रसङ्गमा उनले आफू उपचारका लागि मात्रै बैंकक गएको बताउँदै पीत पत्रकारिता गर्नेले आफूलाई ‘रअ ’ का मान्छे भेट्न गएको भन्दै समाचार प्रकाशित गरेको बताए । उनले उक्त समाचार झुटो भएको पनि दाबी गरे ।
आश्रित विधेयकका सम्बधमा उनले सत्ता गठबन्धनलाई संकेत गर्दै भने “जसले त्यो ठिक छैन भन्यो त्यसैले अहिले ठिक छ भनेर ल्याउनु कतिको नैतिक हुन्छ ? गैर जिम्मेवार कामलाई हामीले प्रोत्साहित गर्दैनौं ।” ओली भदौ ९ गते श्रीमती सहित थाइल्याण्डको बैंकक गएका थिए।
- काठमाडौँ टुडे
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्