×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

योगेश भट्टराई भन्छन्, ‘शंकरजीले अन्जानमा गल्ती गर्नुभो, धेरै नउचालौँ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

योगेश भट्टराई भन्छन्, ‘शंकरजीले अन्जानमा गल्ती गर्नुभो, धेरै नउचालौँ’

Artha Sarokar

२३ भाद्र २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ –  हाम्रो पार्टीका स्थायी समिति सदस्य शंकर पोखरेलको फेसबुक स्टाटसका बारेमा भइरहेका टिकाटिप्पणीप्रति हाम्रो ध्यानाकर्षण भएको छ । पार्टीमा यसका बारेमा छलफल हुन्छ । हाम्रो पार्टी सबै प्रकारका विभेद र उत्पीडनको विपक्षमा छ । शंकरजी स्वयंको आशयपनि विभेद गर्ने होइन । त्यसको अनर्थ लगाइएको र आफूबाट गल्ती भएको उहां स्वयंले स्विकार गर्नुभएको छ ।
सम्बन्धित व्यक्तिले नै गल्ती भएको स्विकार गरिसकेपछि गलत कि ठीक भन्ने प्रश्न नै भएन । यो अन्जानमा भएको हो । उहाँले स्टाटस हटाइसकेको र गल्ती भइसकेको भन्ने प्रष्टिकरण दिइसकेको सन्दर्भमा यही विषयलाई उचाल्ने र प्रहार गर्ने काम नगर्न म सबैलाई आग्रह गर्दछु ।
हाम्रो पार्टी एमालेलाई शंकरजीको स्टाटससँग जोडेर नहेर्न आग्रह गर्दछु । सबैखाले उत्पीडनका बिरुद्धमा हामी छौं । यसर्थ हामीले मधेशीलाई होच्याउने वा विभेद गर्ने भन्ने प्रश्नै उठ्दैन । उहाँको अभिव्यक्तिका कारण मधेशी समुदायमा चोट पुगेको भनिएको सन्दर्भमा हामीले सचेतापूर्वक समीक्षा गर्नेछौं ।
  • नेपाल आज 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी