×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पर्यटक सिजन मध्य भए सँगै खुम्बुक्षेत्रमा पर्यटकको संख्या बढ्यो

PRIME CA

पर्यटक सिजन मध्य भए सँगै खुम्बुक्षेत्रमा पर्यटकको संख्या बढ्यो

अर्थ सरोकार

१ कार्तिक २०७३, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – सोलुखुम्बुको सगरमाथा क्षेत्रमा पर्यटकहरुको आगमन बढ्न थालेको छ । अक्टोबरको मध्य सिजन भएकोले पर्यटकको बाक्लो चाप भएको हो । विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत अन्य मनोरम दृश्यहरूको अवलोकन गर्न आउने पर्यटकको आगमन दिनप्रतिदिन बढ्न थालेको हो ।

केही दिनदेखि खुम्बुमा पर्ने सगरमाथा क्षेत्रका पदमार्गमा विदेशी पर्यटकको आवातजावत बढेको छ । हवाईमार्ग प्रयोग गरी आउने पर्यटकका कारण तेञ्जिङ हिलारी विमानस्थलमा उडान संख्या दैनिक  बढिरहेको नागरिक उड्यन प्राधिकिरण लुक्लाले जनाएको छ ।

पर्यटकको चाप बढ्न थालेपछि सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय जोरसल्ले प्रवेशद्वारका कर्मचारीहरुको व्यस्तता पनि बढेको छ । सगरमाथा क्षेत्रमा प्रवेश गर्ने पर्यटकहरुको जोरसल्ले प्रवेशद्वारमा अनिवार्य दर्ता गर्नुपर्ने प्रावधान छ । सोही कार्यालयमा पर्यटक सूचना केन्द्र समेत रहेको छ । केन्द्रले पर्यटकहरुलाई खुम्बु क्षेत्रमा जाँदा पर्यटकहरुले अपनाउनै पर्ने नियम, उच्च हिमाली क्षेत्रमा जाँदा पर्यटकले ध्यान दिनुपर्ने कुराहरु, आदि विषयमा पर्यटकहरुलाई जानकारी समेत प्रदान गर्ने काम गर्दछ ।

दैनिक उडान भर्दै आएका सीता, तारा, सिम्रिक र नेपाल एयरलायन्सले दैनिक ३० भन्दा बढि उडान गर्न थालेका छन् । ति जहाजबाट दैनिक करिब तीनसय बढी पर्यटकहरु खुम्बु क्षेत्र प्रवेश गर्न थालेका छन् । पर्यटकहरु अक्टोवर÷नोवेम्वर महिनामा विश्वको सर्वोच्च शिखर सगरमाथाको अवलोकनका लागि वर्षेनि हजारौंको संख्यामा आउने गरेका छन् । अक्टोबर सिजनसँगै पर्यटन मार्गमा पर्ने लुक्ला, जोरसल्ले, फाक्दिङ, नाम्चे, खुम्जुङ, तेङबोचे लगायतका ठाउँहरुमा रहेका होटलहरुको व्यवस्थापन गर्न थालिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: