
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – धादिङको उत्तरी क्षेत्रमा पर्ने समुद्री सतहदेखि एक हजार ५०० फिटको उचाइमा रहेको नेत्रतालदेखि झन्डै ११ हजार उचाईमा रहेको तीनसुरे भञ्याङसम्म झन्डै ५० किलोमिटर दूरीमा उक्त पर्यटकीय पदमार्ग निर्माण भएको हो । नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा निर्माण भएको सो पर्यटकीय पदमार्ग बनेपछि स्थानीयमा खुसी छाएको छ ।
गुम्दी गाविसका स्थानीय याङ्जा गुरुङ नयाँ पर्यटकीय पदमार्गको निर्माणसँगै ग्रामीण क्षेत्रमा रोजगारीको ढोका खुलेको बताउँछन्। उनी भन्छन्, ुनेपालको राजधानीसँग जोडिएको जिल्ला भएर पनि धादिङ साह्रै पछाडि परेको थियो यस्ता पर्यटकीय पदमार्गको निर्माणसँगै विकासले विस्तारै गति लिन थालेको छ।
पर्यटकीय पदमार्गबाट आकाश र जमिनको विशेषता नजिकबाट नियाल्न सकिने भएकाले यसलाई ‘स्काइ ट्रेल’ समेत भनिएको हो। स्थानीय पर्यटन व्यवसायी एवम् ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल ९टान०का पूर्व अध्यक्ष ज्योति अधिकारीले जलचर, जङ्गली जनावर र धार्मिक पर्यटनका दृष्टिले यो पदमार्ग महत्वपूर्ण रहेको बताए ।यस पदमार्ग पाँच दिन चार रातको रहेको छ।
पदमार्गमा आँखुखोलामा निर्माण भएको हाइड्रोपावरबाट बनेको नेत्रताल, बगुवाखोलामा निर्माण भएको पानीघट्टा, कात्तिकेको डोका नाम्ला बोकेर घाँसदाउरा गर्दै गरेका स्थानीय, फलामका सामान बनाउँदै गरेका आरन, फूलखर्कबाट देखिने सूर्योदय, मनटारीको जङ्गलमा बनेको मनटारी स्काइ क्याम्प, पोखरा बस्तीको गुरुङ जातिको नाच अवलोकन गर्न सकिन्छ।
पदमार्गका क्रममा धार्मिक र ऐतिहासिक महत्व बोकेको गङ्गा–जमुना झरना र तीनसुरे भञ्याङबाट काठमाडौँका विभिन्न स्थान, रुवीभ्याली, रिङ्ने भ्याली, बूढीगण्डकी उपत्यका र नुवाकोट, रसुवा, गोरखालगायतका जिल्लाको रमणीय दृश्य देख्न सकिन्छ।
अधिकांश पर्यटनकर्मी रहेको धादिङमा सुविधाजनक र गुणस्तरीय ग्रामीण पर्यटकीयको आगमनलाई सहज बनाउन यो पदमार्गले ठूलो सहयोग पुग्ने बताइएको छ।
नेपाली काँग्रेस धादिङ क्षेत्र नं १ का सांसद दिलमान पाख्रिन नेपालको पर्यटकीय विकासमा सरकारको ठूलो लगानी रहे पनि सोचेजस्तो प्रगति हासिल गर्न नसकेको बताए। उनी भन्छन्, ुदेशको आर्थिक विकासको मेरुदण्ड पर्यटन भएकाले यसको विकास र विस्तारमा सबै लाग्नुपर्छ।ु
धादिङ जिल्लाको रुबीभ्यालीमा पर्ने उक्त पर्यटकीय मार्गको निर्माणका लागि पर्यटन बोर्डले करिब ४० लाख लगानी गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले शिलान्यास गरेका उक्त पदमार्गको निर्माणपछि उद्घाटन गर्दे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले धादिङ जिल्ला पर्यटकीय दृष्टिकोणले ठूलो सम्भावनाको जिल्ला रहेको बताए।
मन्त्री शाहीले पर्यटकीय क्षेत्रको माध्यमबाट पूर्व मेचीदेखि पश्चिम महाकाली, हिमालदेखि तराईसम्मको मानिसको जीवनस्तर उकास्न सकेमात्र देशले सोचेजस्तो प्रगति हासिल गर्नसक्ने विश्वास व्यक्त गरे। गर्नुभयो उनी भन्छन्, ुमेरो कार्यकालमा नेपालको आकास सुरक्षित छ भन्ने सन्देश अन्तर्राष्ट्रिय क्षेत्रमा दिन्छु त्यसले नेपालको पर्यटकीय विकासलाई सहयोग पुग्छ।ु
हिमालयन स्काइ ट्रेलमा पहिलोदिन काठमाडौँदेखि नेत्रताल, दोस्रोदिन बगुवाखोला–कात्तिके हुँदै मनटारी, तेस्रोदिन फूलखर्क–गुम्दी हुँदै पोखराडाँडा, चौथो दिन तीनसुरे भएर गङ्गा–जमुना र पाँचौँ दिन पुनः फूलखर्क हुँदै मनटारी वा नेत्रताल आई बस्न सकिनेछ। पर्यटकको चाहनाअनुरुप अन्यत्र लैजान पनि सकिने स्थानीय व्यवसायीको भनाइ छ।
इटालीबाट पर्यटक पदयात्रामा नेत्रतालदेखि तीनसुरे पदयात्रामा आउनुभएका मासासी रोसेटो नेपाल पर्यटकको राम्रो गन्तव्यस्थल रहेको बतए। उनले नेपालको संस्कृति, वेशभूषा, खोलानाला, पहाड, हिमालले आफ्नो मन छोएको बताए।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्