×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चम्पादेवी डाँडामा पर्यटकको संख्या बढ्दै , एकैचोटी १२ भन्दा बढी हिमालको मनोरम दृश्य हेर्न सकिने

PRIME CA

चम्पादेवी डाँडामा पर्यटकको संख्या बढ्दै , एकैचोटी १२ भन्दा बढी हिमालको मनोरम दृश्य हेर्न सकिने

अर्थ सरोकार

१९ कार्तिक २०७३, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं – स्वदेशी तथा विदेशी पर्यटक लोभ्याउँदै छ चम्पादेवी डाँडाले एकैचोटी १२ भन्दा बढी हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिने चम्पादेवी डाँडा पर्यटकीय क्षेत्र चम्पादेवी डाँडामा पर्यटकको चहलपहल बाक्लिएको छ । चम्पादेवी मन्दिरको पुनर्निर्माण भई पार्क निर्माणको काम शुरु भए लगत्तै आन्तरिक तथा बाह्य पर्यटक बढेको हो।
हिमाल र महाभारत पर्वतको रमणीय दृश्यावलोकनका लागि अति उपयुक्त मौसम भएकाले पनि अहिले चम्पादेवीमा पर्यटक बढेका हुन् । डाँडाबाट सर्वोच्च शिखर सगरमाथासहित १२ भन्दा बढी हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । उपत्यकाको महत्वपूर्ण पदमार्ग चम्पादेवीमा खासगरी बिदाको दिन धेरै आन्तरिक पर्यटक पुग्ने गरेको पाइन्छ।
दृश्यावलोकनका लागि विशेष गरी कात्तिक र मङ्सिर उपयुक्त महिना मानिन्छ । स्वदेशी तथा विदेशी पर्यटक बढेको चम्पादेवी क्षेत्र सुधार तथा व्यवस्थापन समितिका अध्यक्ष जनक तामाङले जानकारी दिए । पदयात्रा, पारिवारिक वनभोज आदिका लागि चम्पादेवी उपयुक्त गन्तव्य भएकाले यो मौसममा बढी चहलपहल बाक्लिएको उनले बताए ।
यता भूकम्पले क्षति पुगेको चम्पादेवी मन्दिर पुनर्निर्माण भएपछि चम्पादेवीको आकर्षण बढेको हो । धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको चम्पादेवी मन्दिर पुरातत्व विभागको रु आठ लाख सहयोगमा पुनर्निर्माण गरिएको हो । मञ्जुश्रीले तपस्या गरेको चम्पादेवीमा हरेक वर्षको नयाँ वर्षमा मेला लाग्ने गर्दछ ।
यसैबीच धार्मिक र ऐतिहासिक महत्व बोकेको चम्पादेवी क्षेत्रमा पर्ने चम्पादेवी ऐतिहासिक पार्कको निर्माणको पहिलो चरणको काम सम्पन्न गरिएको छ ।
सहरी विकास मन्त्रालय जल तथा वातावरण संरक्षण कोषको करीब ६० लाख रुपैयाँको सहयोगमा उक्त पार्क सिमेण्टको पक्की पर्खालले घेरिएको अध्यक्ष जनक तामाङले बताए । ५० रोपनी क्षेत्रफलमा निर्माणाधीन पार्कको दोस्रो चरणको काम छठलगत्तै शुरु हुने उनले बताए ।
सहरी विकास मन्त्रालय भवन निर्माणको रू। ३० करोड लागतमा सात वर्षभित्र निर्माण सकिने र त्यसका लागि अहिले गुरुयोजना बनाइँदै गरेको समितिले बताएको  छ । उक्त पार्कभित्र स्वीमिङ पुल, हनुमानको मूर्ति, शिव पार्वती, बुद्धको मूर्ति, वनभोज स्थल, सानो चिडियाघर र पानीका धारा निर्माण हुनेछन् ।
पुरातात्विक मन्दिरको पुनर्निर्माण, चम्पादेवी पार्क तथा रमणीय दृश्यावलोकनको आकर्षण आन्तरिक पर्यटक बढेको कीर्तिपुर पर्यटन विकास समाजका सचिव वीरेन्द्र शाक्यले बताए । समुद्री सतहदेखि दुई हजार ३ सय मिटर उचाइमा अवस्थित चम्पादेवी धार्मिक, सांस्कृतिक पर्यटनको उपयुक्त गन्तव्य मानिन्छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: