
- अर्थ सरोकार सम्बाददाता
नेपालको निजीस्तरका टेलिभिजन च्यानलहरुमध्ये राम्रो ब्राण्ड बनाएको कान्तिपुर गोल्ड अन्तत: बन्द भएको छ । कान्तिपुर टेलिभिजन नेटवर्क अन्तर्गत मनोरंजन च्यानलको रुपमा नेपाली सञ्चार क्षेत्रमा प्रवेश गरेको उक्त टेलिभिजन च्यानल प्रशारण आरम्भको केहि महिनामै बन्द भएको हो ।
कान्तिपुर स्रोतका अनुसार कान्तिपुरका मालिकले उक्त च्यानल चलिरहेकै पाराले कान्तिपुरकै स्तर खस्कने निस्कर्ष निकालेपछी अन्तत: कान्तिपुर गोल्ड बन्द भएको हो । ‘कान्तिपुर गोल्ड उठ्ने सकेन । यसले त उल्टै कान्तिपुरको ब्राण्डलाइ असर गर्ने भयो । त्यसमाथि बहु प्रतिक्षित च्यानल एपी वान टेलिभिजन यहिबेला नेपाली सञ्चार क्षेत्रमा आएपछि कान्तिपुरलाइ समस्या परेको हो ।
फेरी खुल्ला कि सधैंका लागि बन्द ?
कान्तिपुर गोल्ड बन्द भएपछी उक्त च्यानल फेरी खुल्ला वा नखुल्ला भन्ने चर्चा पनि नेपाली मिडियामा चल्न थालेको छ । कतिपयले केहि समयको अन्तरालमा उक्त च्यानल पुन: संचालन हुने अड्कल काटेका छन् भने कतिपयले उक्त च्यानल अब सधैंका लागि बन्द हुने अनुमान गरेका छन् । यता कान्तिपुरका एक उच्च अधिकारीले बताए अनुसार भने अब कान्तिपुर गोल्ड सधैंका लागि बन्द भएको छ । ‘अहिलेकै स्थितिमा कान्तिपुर गोल्ड पुन: सञ्चालनमा आउँछजस्तो मलाइ लागेको छैन । कान्तिपुरका मालिकलाई पनि लागेको छैन ।’
किन टिक्दैनन् ‘इन्टरटेनमेन्ट’ च्यानल ?
यसअघि न्यूज २४ टेलिभिजन सञ्चालक कम्पनी नेपाल ब्रोडकास्टिङ च्यानलले सञ्चालन गरेको इ २४ नामक च्यानल पनि प्रशारणको केहि अबधीमा नै बन्द भएको थियो । उक्त च्यानल पुन: खोल्ने तयारीजस्तो देखिएपनि अहिलेकै स्थितिमा उक्त च्यानल खुल्ने कुनै सुरसार नभएको च्यानल निकट स्रोत बताउँछ । अझ प्रेम बानियाँले उक्त च्यानल छोडेपछी अहिले भएकै न्यूज २४ को ब्राण्डलाइ समेत ठूलो असर गरेको जानकारहरु बताउँछन् । यसअघि इन्फोटेन्मेन्ट च्यानलका रुपमा रहेको तराइ टिभी, न्यूज च्यानल नेशनल टिभी, प्रशारणको केहि समयमा नै बन्द भएको थियो भने एभिन्यूज टेलिभिजनले तरारी गरेको अर्को च्यानल ‘योंङ एभिन्यूज प्रशारणनै नभई बन्द भएको थियो ।
न बन्द हुने क्रम रोकिएको छ न नयाँ खुल्ने
यता भएका टेलिभिजन च्यानलहरु भकाभक बन्द हुन थालेपनि नयाँ टेलिभिजन खुल्ने क्रम भने रोकिएको छैन । खुब तामझामका लागि नेपाली सञ्चार क्षेत्रमा उदाउने भनिएको एपीवान टेलिभिजनको चर्चा पछिल्लो समय सेलाएको भएपनि उक्त टेलिभिजन नेटवर्क आफ्नो औपचारिक प्रशारण सुरु गर्ने साइत कुरेर बसेको छ । यता माउन्टेन टेलिभिजन र भक्ति दर्शन टेलिभिजन सञ्चालक कम्पनी पदमा मिडियाले नयाँ च्यानल ‘बिजनेश प्लस’ दशैं अघि मात्र प्रशारणमा ल्याएको छ । यता एभिन्यूज टेलिभिजन अर्को बर्ष नयाँ बिजनेश टेलिभिजन ल्याउने तरखरमा रहेको बुझिएको छ भने अन्य केहि टेलिभिजन च्यानलहरु पनि लाइसेन्स हातमा लिएर बसेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्