
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ – बझाङग जिल्लामा पर्ने सैपाल हिमश्रृङ्खलाको उराई भञ्ज्याङ नाकालाई आवागमनका लागि अन्तराष्ट्रिय नाका बनाउन माग गर्दै हस्ताक्षर अभियान थालिएको छ ।
नेपाल पर्वतारोहण संघ सैपाल हिमाल शाखा बझाङ र नाटटा सुदूरपश्चिम संघ लगायतका सङघसंस्थाको संयुक्त पहलमा थालिएको हस्ताक्षर अभियान शुक्रवार धनगढीमा पनि गरियो ।
अभियानको समर्थन गर्दै शुक्रवार आयोजित कार्यक्रममा भौतिक योजना तथा निर्माण मन्त्री रमेश लेखक, सांसद प्रेम आलेमगर, लगायतले हस्ताक्षर गरेका छन् ।

बझाङ जिल्लाबाट थालिएको यो अभियानले सरकारलाई ज्ञापन पत्र समेत बुझाउने नेपाल पर्वतारोहण संघ सैपाल हिमाल बझाङ शाखाका अध्यक्ष कटकबहादुर कठायतले बताए ।
हिन्दुहरुको आस्थाको केन्द्र तिब्वतको मानसरोवर पुग्न सबै भन्दा छोटो दुरी बझाङको उराई भञ्ज्याङ नाका हुन सक्ने भएकोले यो नाका खोल्नु जरुरी रहेको पर्यटन व्यवसायीहरु बताउँछन् ।
दिल्लीवाट धनगढी,डोटी, बझाङ, उराई, ताक्लाकोट हुँदै मानसरोवर सम्म मार्ग खोल्न सके सुदूरपश्चिमको समृद्धि मार्ग बन्न सक्ने पर्यटन व्यवसायीहरुको भनाई छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्