×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

के बजार ‘वियरिस’ नै हाे त ?

  • दिलिप मुनानकर्मी

अहिले धेरैजना बजार क्र्याश भयाे भन्ने गरेकाे सुनियाे । तर के साँच्चै हाे त ? मेराे बिचारमा बजारमा बजारमा ठुलाे करेक्सन र म्यानुपुलुसन भएकाे हाे क्र्यास हाेईन किनभने :

  • बजारमा जुन भाेलुम र रकमकाे काराेवार भईरहेकेा छ त्यसले बजारमा माग र अापुर्ति समान रूपमा भईरहेकाे देखिन्छ । क्र्याशकाे अवस्थामा बजारमा माग अति न्यून हुन्छ र अापुर्ति धेरै ।
  • बजारमा क्रेता हावि भएकाे अवस्था हाे र केही अत्तालिएका र अधैर्य व्यक्तिले जतिमा पनि बेच्न खाेजेकाे अवस्था हाे ।
  • केही बाठा भनाउँदा, म्युचुअलफण्ड र ठुला भनाउँदाले बजारलाई केही समय अाफ्नाे अनुकुल बनाउन वा तर्साउन खाेजेकाे अवस्था हाे ।
  • गत बिहिवार र अाईतवार बजारमा जुन नांगाे नाच गरे त्यसकाे दुस्परिणाम हाे ।

बजार वियरिसमा जान अहिलेकाे काराेवार 30 कराेड भन्दा मुनि जानुपर्छ मेराे विचारमा । अब के गर्ने त?


  • अहिलेकाे अवस्थामा बेच्नु भनेकाे घाटा बुक गर्नु हाे ।
  • सबै शेयर बेचेर बजार छाेडेर जाने अवस्थामा बाहेक याे निकै घातक हुनेछ ।
  • रकम व्यवस्थापन गर्न सकिन्छ किन्ने तर बजार हेर्दै सानाे सानाे परिणाममा ।
  • शेयर धिताेमा ऋण लिनु भएकाे छ भने व्याज र थप शेयर धिताेमा दिने व्यवस्था गर्ने ।
  • बजार कति घट्याे भनेर अनावश्यक चिन्ता लिन छाेडेर बाेनसमा ध्यान दिएर अाैसत लागत घटाउने ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: