Skip to content
LAXMI SUNRISE BANK

४० मिनेट मै ४४ अंकले घटेपछि नेप्सेमा सर्किट

अर्थ सरोकार

आइतबारको कारोबारमा जस्तै सोमबारको कारोबारमा पनि बजार परिसूचक नेप्सेमा पहिलो घण्टा मै सर्किट ब्रेक लागेको छ । सोमबारको कारोबार सुरु भएको ४० मिनेट मै बजार ४४.१७ अंक अर्थात् ३ प्रतिशत भन्दा बढीले घटेपछि ब्रेक लागेको हो ।

बजार  १५ मिनेटपछि अर्थात् ११:५४ मा खुला हुने छ । ११:५४ मा खुलेको कारोबार पुन: १ प्रतिशतले घट्यो भने कारोबार ३० मिनेटका लागि रोक्का हुने छ।

कारोबारको पहिलो ४०  मिनेटमा ७४  कम्पनीका १  लाख ९३  हजार शेयर खारिद बिक्रिबाट १४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। छिल्लो समय नेप्सेमा सुचिकृत भएका कम्पनीहरुको बोनस र हकप्रद शेयर थपिएकाले माग र आपूर्तिबीचको सन्तुलन बिग्रिदा बजार ओरालो लागेको अनुमान गरिएपनि बजार घट्नुको ठोस कारण लगानीकर्ताको मनोबल गिर्नु रहेको बुझिएको छ।  

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK