
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – शहरी विकास मन्त्री तथा कांग्रेस नेता अर्जुननरसिंह केसीले पार्टी भित्र संस्थागत निर्णय हुन छोडेको भन्दै नेतृत्वको आलोचना गरेका छन्। कांग्रेसका जिल्ला कोषाध्यक्षहरुको शुक्रबारबाट सुरु राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा मन्त्री केसीले गुटको आधारमा पार्टी भित्र वार्गेनिङ पनि हुने र निर्णयको आधार पनि बनाएको देख्दा आफूलाई पनि गुट खोल्न मन लागेको बताए ।
‘पार्टी भित्र २र३ वटा गुट थिए, अब त ३ ४ वटा भएछन्’, केसीले भने( ‘मलाई पनि छुट्टै गुट खोल्न मन लाग्दैछ ।’ उनले पार्टी नेतृत्वले गुट र उपगुटको कुरा सुन्नुभन्दा योग्यता, क्षमता र योगदानको आधारमा मुल्याङ्कनको परिपाटी बसाउन आग्रह गरे । अर्को प्रसंगमा मन्त्री केसीले एमालेले संविधान निर्माण कार्यलाई अवरोध गरेर घोर अप्रजातान्त्रिक क्रियाकलाप गरेको आरोप लगाए ।
संसदको बैठक अवरुद्ध गर्नु एमालेको घोर अधिनायकवादी चरित्र हो’, केसीले भने ‘एमालेले लोकतन्त्र विरोधी क्रियाकलाप देखायो।’ खानेपानी तथा सरसफाई राज्यमन्त्री दीपक खड्काले पनि पार्टी भित्र गुट उपगुटले कार्यकर्तामा निरासा छाएको बताए । उनले गुटको प्रभावका कारण मन्त्रीरमन्त्रीबीच नैं बोलचाल हुन छोडेको खुलासा गरे। उनले भने ‘गुटको प्रभाव यति धेरै छ कि मन्त्रीबीच नैं बोलचाल छैन ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्