×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चितवनमा पर्यटकको उपस्थिति बाक्लियो

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

चितवनमा पर्यटकको उपस्थिति बाक्लियो

११ पुष २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – विनाशकारी भूकम्प र नाकाबन्दीले असर पुर्याएकोे चितवनको पर्यटन व्यवसाय बल्ल उकालो लाग्न थालेको छ । भूकम्प र नाकाबन्दी पछि चितवनमा पर्यटन आगमन २० वर्ष अगाडिको अवस्थामा पुगेको थियो ।
पर्यटकको अभावमा निराश बनेका पर्यटन व्यवसायीमा फेरि आशा जगाएको छ । बन्द गर्नुपरेको अवस्थामा पुगेका होटल व्यवसायीले केही महिनायतादेखि पर्यटक वृद्धी हुँदै गएकाले राहत महसुस गरेका छन् ।
सौराहास्थित क्षेत्रीय होटल सङ्घ अध्यक्ष सुमन घिमिरेले सन् २०१७ मा भूकम्प अघिको अवस्थामा पर्यटन व्यवसाय पुग्ने विश्वास गरे। अघिल्लो वर्षको तुलनामा पर्यटक आगमनको सङ्ख्यामा निकै वृद्धि भएको उनले बताए ।
गत आर्थिक वर्षमा ८७ हजार पर्यटक चितवन राष्ट्रिय निकुञ्ज पुगेकोमा यस आर्थिक वर्षको पाँच महिनामा ५१ हजार पर्यटक पुगेका छन् । भूकम्प र नाकाबन्दीका कारण फाट्टफुट्ट मात्र पर्यटक देखापर्नेमा अहिले स्वदेशी र विदेशी पर्यटकको चहलपहल निकै छ ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले पर्यटक आगमन निकै घटेकामा अहिले क्रमश बढ्दै गएको बताए ।
निकुञ्जमा हाल स्वदेशी, एसिया, अमेरिका, युरोप, अष्ट्रेलियालगायतका देशबाट पर्यटक आएको व्यवसायीले बताएका छन् ।
सन २०१७ का लागि होटल बुकिङ्ग आशा लाग्दो रहेको सौराहाको होटल सेभेन स्टारका प्रबन्ध निर्देशक माधव दुवाडी बताउँछन् ।  आउँदो वर्षकालागि आठ हजार पर्यटकले होटल बुकिङ गरेको उनको भनाइ छ ।
विदेशी पर्यटकले अन्य ठूला होटल पनि बुक गरिरहेका छन् । पर्यटकलाई लक्षित गरी जिल्लामा करिब दुई सयको हाराहारीमा होटल सञ्चालनमा छन् । यो व्यवसायमा मात्र १० अर्ब भन्दा बढी लगानी छ ।
जिल्लामा आउने अधिकांश पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा हात्ती र जिप सफारीबाट दुर्लभ वन्यजन्तु बाघ, गौँडालगायतका जनावार हेर्न रुचाउने गर्दछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: